अमृतसरबारे रोचक जानकारी


नयाँदिल्ली । भारतमा यस्ता धेरै सहर छन् जुन विभिन्न इतिहाससँग जोडिएका छन् । कुनै यस्ता सहर पनि छन् जसको इतिहास अचम्म गर्ने खालका हुनुका साथै रमाइला पनि छन् । त्यस्तै पञ्जाबको अमृतसर एक यस्तो सहर हो जुन आज शिख धर्मको केन्द्रविन्दुको रूपमा रहेको छ । यो भव्य तथा सुन्दर सहरको निर्माण कसरी भएको रहेछ त हामी पनि जानी राखौँ । अमृतसर सहर करिब सन् १५७७ मा बसालिएको थियो ।

यसलाई बनाउन सन् १५७३ मा सुरु गरिएको थियो भने चार वर्षपछि यो सम्पन्न भएको थियो । जुन जमिनमा यो सहर बसेको छ यसको बारेमा फरक फरक धारणा हुनुका साथै रोचक पनि छन् । एक मतअनुसार जुन भूमिमा अमृतसर सहर बसालेको थयो यो भूमि अकबरद्वारा गुरु अमरदासकी छोरी गुरु रामदासलाई विवाहमा दिइएको थियो । पछि यसलाई गुरु रामदासलाई दिइएको थियो।

अर्काे मतअनुसार अमृतसर सहरको जमिन सात सय रुपियाँमा तुंग गाउँका जमिन्दारसँग किनिएको थियो ।पछि यही जमिनमा अमृतसर सहरको निर्माण गरिएको थियो । अर्काे मान्यताअनुसार अमृतसर सुल्तानविन्ड गाउँको जमिनमा बनेको हो । यहाँका मानिसले आफ्नो गुरूपछि आदर तथा सम्मानका लागि उक्त जमिन दिएका थिए । शिख गुरुहरू भने शासकबाट यो जमिन उनीहरूले अनुदानको रूपमा पाएको कुरा अस्वीकार गर्छन् ।

रमाइलो कुरा यो छ कि यी सबै कुराको कुनै सटिक प्रमाण भने छैन । त्यसैले माथिका कुरा कथामा मात्र सीमित छन् ।कसको जमिनमा यो सहर बसेको हो भन्ने कुनै अकाट्य प्रमाण भेटिएको छैन । यो सुन्दर सहर शिखका चौथो गुरु श्री गुरु रामदासबाट बनाइएको कुरामा भने सबै जनाको एकमत छ । त्यसैले यस सहरलाई रामदासपुर भनेर पनि चिनिन्छ । अमृतसर अर्थात् ‘अमृतको सरोवर’ सन्तोकसरबाट आएको हो ।

यसको पछाडि ठूलो तर्क दिइएको छ । वास्तवमा यो ठाउँमा शिखका तेस्रा गुरु अमरदासको आदेशमा गुरु रामदासले एक सरोबार बनाउन लगाएका थिए । जसलाई अमृत सरोबर भनिएको थियो । पछि यसैको नामबाट यस सहरको नाम अमृतसर राखिएको थियो ।  जब जमिन प्राप्त भयो त्यसपछि सीमा रक्षाका लागि चारैतर्फ पर्खाल बनाउने काम भयो । सुरुमा यस जमिनको नाम चक, गुरुका चक, चक गुरु रामदास भए पनि अन्त्यमा रामदास पूराको नामबाट चिनिन थाल्यो ।

सहर बसाल्न चाहिने रकमको व्यवस्थाका लागि बाबा बुद्धालाई कार्यभार सुम्पियो । जो सिख धर्मका सबैभन्दा पूजनीय व्यक्तित्वमा पर्दछन् । बाबा बुद्धाले पाँच जना गुरुका गुरूपदका लागि अभिषेक गरेका थिए । उनी यस स्वर्ण मन्दिरका सबैभन्दा पहिलो पूजारी पनि बने । तर, सहरको निर्माणको वास्तविक रूपरेखा गुरु अमरदासद्वारा बनाइएको थियो । यसपछि गुरु अमरदासको निर्देशनअनुसार गुरु रामदासले त्यहाँ गाउँ पनि बसालेका थिए ।

त्यहाँ आफ्नो वासका लागि एक घर पनि बनाए जसलाई गुरुको महल भनेर चिनियो । धेरै ज्ञानी तथा जानिफकार शिखहरूले रामदासको कार्यमा मद्दत गर्न सबैलाई निर्देशन दिए । यसको साथसाथै अमरदासको निर्देशनअनुसार गुरु रामदासले त्यस जमिनको बीच भागमा एक सरोवर बनाउन लगाए । विस्तार विस्तार मानिसको बस्ती बढ्दै गयो । धेरै घर बन्दै गएपछि एउटा सहरको रूपरेखा तयार भयो ।

सहरको काम सिद्धिनै आँटेको थियो गुरु अमरदासले फेरी गुरु रामदासलाई अर्काे सरोबर बनाउन पनि निर्देशन दिए । यस सरोवरको निर्माणका लागि गुरु रामदासले रुखहरूले घेरिएको ठाउँ चयन गरे । दोस्रो सरोवरका निर्माण गुरु रामदासको रेखदेखमा सन् १५७३ मा सुरु भएको थियो । सहरको निर्माणको सँगसँगै बस्ती बसाल्ने काम पनि सुरु हुँदै गयो । यहाँ बस्नका लागि ५२ जातजातिलाई बोलाइयो ।

यसरी विभिन्न जातजातिलाई बोलाएर सहर बसाल्नुको मुख्य उद्देश्य उनीहरूको ज्ञान र सीपले गर्दा यहाँ बस्ने मानिसका लागि चाहिने आवश्यक वस्तुहरू सजिलै आपूर्ति होस् भन्नु थियो । यसपछि यहाँ एउटा बजार पनि स्थापित भयो जसलाई गुरुका बजार भन्न थालियो जुन आज पनि अमृतसरमा रहेको छ ।

नयाँ सहरको निर्माण सँगसँगै व्यापार तथा लगानीका लागि कैयौँ व्यापारी र साहु महाजनको पनि उपस्थिति बाक्लै हुन थाल्यो । उनीहरू पनि यहाँ आएर बस्न थाले । विस्तार विस्तार पूर्ण सहरको रूपमा विकसित हुन थाल्यो । यहाँ सहरका लागि चाहिने सबै सुविधाहरू थियो । जब सहरको निर्माण सबै तरहबाट पूर्ण भयो गुरु रामदास तथा उनका शिष्य ज्यादै खुसी भए ।

गुरु रामदासले यस सुन्दर सहरको बारेमा केही नियम पनि बनाए  उनले आफ्नो शिष्यलाई आफूले बनाउन लगाएको सरोवरमा स्नान गर्न लगाए । त्यसपछि नै यो सरोवरमा शिखहरू स्नान गर्न थाले यहाँ स्नान गर्दा पवित्र हुने भयो ।  गुरु रामदासको समयमा यस सरोवर बनाउन काँचो इँटा प्रयोग गरिएको थियो भने उनी पछि आएका गुरु अर्जुनदेवले पक्की इँटा राख्ने काम भयो ।

त्यसपछि यसको पवित्रता तथा ख्याती चारैतिर फैलियो । यसै अमृत सरोवरका नामबाट यो सहर अमृतसरको चिनिन थालियो । यसपछि यो सहर शिख समुदायको आस्थाको सबैभन्दा ठूलो केन्द्र बन्न गयो । अमृतसर सहरको निर्माण पूरा भएपछि पाँचौँ गुरु अर्जुन देवले यस पवित्र सरोवरको बीचमा एक मन्दिरको निर्माण गर्न लगाए । यस मन्दिरको शिलान्यास गुरु अर्जुन देवले मुस्लिम लाहौरके सन्त साइ मियाँ मिर जीबाट गराएका थिए ।

यो मन्दिर भारतका सबै धर्मको सम्मानको एक उदाहरणका रूपमा रहेको छ । पछि महाराजा रणजित सिंहको समयमा यस मन्दिरको माथिल्लो भागमा सुनको जलप लगाउने काम भयो । त्यसपछि यस मन्दिर स्वर्ण मन्दिरको नामले प्रख्यात भयो । आज अमृतसरको शोभा बनेको स्वर्ण मन्दिर लाखौँ शिखहरूका लागि आस्थाको केन्द्र बनेको छ । देश विदेशमा रहेका सबै शिखहरूको महत्वपूर्ण तीर्थस्थल बनेको छ ।

भनिन्छ भारतमा ताजमहलभन्दा पछि मानिसहरू यसको अवलोकन भ्रमणमा आउने गर्दछन् । अमृतसर सहर भारतको इतिहासको एक अभिन्न अंगको रूपमा पनि रहेको छ । जलियावाला वाग हत्याकाण्ड कसैले कहिल्यै पनि बिर्सन सक्दैनन् । यो नरसंहार हत्याकाण्ड अंग्रेज शासक जनलर डायरको आदेशमा स्वतन्त्रता आन्दोलनमा उपस्थित भएका हजारौँ मानिसमाथि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो ।

जसले धेरै मानिसका मृत्यु भएको थियो । यसको साथसाथै भारत र पाकिस्तान छुट्टिने वेलामा ज्यादै रगत बगेको थियो । यसै सहरको केही दूरीमा भारत र पाकिस्तानको सीमा बाघा बोर्डर रहेको छ । जसले यहाँ आउने यात्रीहरूको मन तानेको छ ।

प्रतिक्रिया