जहाँ सानो गल्तीमा पनि कठोर सजाय हुन्छ . . .


रियाद । साउदी अरब कडा कानुन भएको देश भनेर विश्वमा चर्चित छ । विश्वको कठोर कानुनको रुपमा पनि साउदी अरबलाई चिनिन्छ । सरिया कानुन आत्मसात गरेको यो देशमा मुस्लिम समुदायको सबैभन्दा ठूलो तीर्थस्थल मक्का–मदिना रहेको छ । यस मक्का–मदिनामा हज गर्नका लागि विश्वभरका करोडौँ मुसलमान आउने गर्दछन् । आफ्नो देशका नागरिकमा कानुनी व्यवस्था सही राख्नका लागि कुनै पनि कुरामा सम्झौता गर्दैन । यो देशको कानुन यति कठोर छ कि अञ्जानमा भएका अपराधमा पनि कुनै माफीको सम्भावना छैन।

यसको बदलामा उसलाई दर्दनाक सजाय दिइन्छ । अपराध गरेपछि मानिस पछुताउनु शिवाय अर्काे उपाय छैन । साउदी अरबको नाम साउदी परिवारको नामबाट राखिएको छ । पुरानो समयदेखि नै साउदी परिवारका साउदी अरबमा धेरै प्रभाव रहेको छ । त्यसैले यस देशलाई साउदी अरेबियाको नामले चिनिन्थ्यो । पछि यस देशको नाम साउदी अरब भनियो ।  भनिन्छ १५औँ शताव्दीमा साउदी परिवारले दिरिया सहर बसालेको थियो । जुन अहिले रियाद नामले प्रख्यात छ ।

यो साउदी अरबको राजधानी हुनुका साथै सबैभन्दा विकसित सहरमध्ये एक हो । मनी तथा मुरादी खानदानले संयुक्त रुपमा मिलेर यो सहर बसालेका थिए । यसकारण यी दुईको यहाँ धेरै प्रभाव रहेको थियो । लामो समयसम्म यी खानदानको यस सहरमा राज चलेको थियो । यसै क्रममा १७औँ शताव्दीमा मुरादी खानदानका शेख मोहम्मद–बिन–सउदले मुहम्मद–इब्न–अब्द–हल–बहाव नामक एक धार्मिक मुस्लिम सुन्नीका साथ गठबन्धन गरे ।

१७४४ मा साउदी परिवारले औपचारिक रुपमा अल–बहावकी छोरीका साथमा बिन–सउदका छोराको विवाह भयो । यसपछि उनीहरुको परिवार अगाडि बढ्दै गयो । सबैभन्दा पहिला साउदी परिवारको प्रभाव रियाद सहरमा मात्रै थियो । पछि सममसँगै यस परिवारले पूरै साउदी अरबमा राज गर्न थाल्यो । साउदीको अर्थ हुन्छ, खुसी रहनु । सायद यहीकारण साउदी परिवारले साउदी अरबका मानिसको जीवन सुधार गर्न लागे । अब्दुल–अजिज–बिन–मोहम्मदले साउदी अरबको राज्य सम्हाल्दै इस्लामी कानुन बनाएर मानिसको जीवन सुधार गर्ने काम गर्दै गए ।

सन् १८०३ मा उनको मृत्य भयो । त्यसपछि उनका छोरा अब्दुल्ला–बिन–साउदले राज्य सम्हाले । उनले पनि आफ्नो पिताको जस्तै सुधारतर्फ नै ध्यान दिए । अब्दुल्ला–बिन–साउद जुनबेला सत्तामा आए त्यसबेला तुर्की र साउदी अरबको सम्बन्ध राम्रो थिएन । उनको काँधमा ठूलो जिम्मेवारी थियो । उनी सक्रिय भएर साउदी अरेबियालाई संगठित गर्न सफल भए । यसले यो देश अझ बलियो भयो । साउदी परिवारका प्रमुख साउदी अरबका राजा हुन्छन् ।

उनीमा लगभग सबै राजनीतिक शक्ति रहेको हुन्छ । उनलाई देशको हितमा कुनै पनि फैसला लिनका लागि पूर्ण अधिकार रहेको छ । उनले छानेका मन्त्रीले सम्बन्धित मन्त्रालयको रेखदेख गर्दछन् । प्रायः साउदी अरबका राजा रक्षा तथा विदेशजस्ता प्रमुख मन्त्रालय आफ्नो परिवारका सदस्यलाई सुम्पिन्छन् भने अर्थ, श्रम, सूचना, योजना, पेट्रोलियम मन्त्रालय अन्यलाई दिन्छन् । भनिन्छ साउदी अरबको हितका लागि लिने मुख्य फैसला राजामै निहीत रहेको छ । उनले जुन फैसला लिन्छन् त्यो सबैका लागि मान्य हुन्छ ।

साउदी अरबमा जति तेलका कुवा छन् त्यसको सबै साँचो साउदी परिवारको हातमा नै हुन्छ । राजा नै यसको सबै तजबिज मिलाउँछन् । कुन देशसँग कस्तो सम्बन्ध राख्ने कुन देशलाई कति तेल दिने भन्ने सबै उनको हातमा रहन्छ । भ्रष्टाचारको विषयमा साउदी परिवार ज्यादै कडा छ । राजा सलमानले देशको भ्रष्टाचार मुक्त गर्नका लागि एन्टी करप्सन सेलको गठन गरेका थिए । यसमा देशका ठूलाठूला मन्त्री मात्र नभई शाही परिवारका सदस्य पनि समातिएका थिए ।

साउदी अरबका राजा अब्दुल–अजिजका सन् १९०६ अप्रिल १४ मा जन्मिएका साहिँला छोरा फैसल–अब्दुल–अजिजले आफ्नो पिताको बाटोमा धेरै वर्षसम्म राज्य गरेका थिए । यिनलाई साउदीका आमजनताका राजा भनिन्थ्यो । फैसल–अब्दुल–अजिजलाई साउदी अरबका महान राजामा गनिन्थ्यो । उनले साउदी अरबमा सरिया हुकुमत लागू गर्नका लागि महत्वपूर्ण काम गरेका थियो । भनिन्छ उनको कार्यकालमा अमेरिकासँग साउदीको सम्बन्ध ज्यादै खराब भएको थियो । यसैकारण उनले अमेरिकालाई तेल दिन मानेका थिएनन् ।

यसैले अमेरिकाले साउदी अरबलाई विभिन्न किसिमबाट दवाव दिन सुरु गरेको थियो । यसको बदलामा अब्दुल अजिजले आफू र साउदीका जनता तातो मरुभूमिमा बसेर पानी र खजुर खाएर तयार छन् । त्यसैले अमेरिकाले आफ्नो बारेमा सोचे हुन्छ । सन् १९७५ मा उनका भतिजले सत्ताको लोभमा परेर फैसल–अब्दुल–अजिजको हत्या गरेका थिए ।  अहिले साउदी अरबमा सलमान–बिन–अब्दुल–अजिज गद्दीमा छन् । उनीभन्दा पहिला उनका भाइ अब्दुल्ला साउदी अरबका राजा थिए । २३ जनबरी २०१५ देखि उनी राज्य सम्हालिराखेका छन् ।

सन् १९५४ मा १९ वर्षको उमेरमा नै उनलाई रियाद सहरको डिपुटी गभर्नर बनाइएको थियो ।  गभर्नरका रुपमा उनले धेरै राम्रा काम गरेका थिए । राज सलमानले पर्यटनलाई बढावा दिनुका साथै पुँजि परियोजना तथा विदशीलाई आफ्नो देशमा लगानी गर्नका लागि आकर्षित गर्ने कदम उठाएका छन् ।  साउदी परिवार साउदीको कानुनको मामलामा कुनै सम्झौता गर्दैन । यहाँ आज पनि सानोभन्दा सानो चोरी नै किन नगरोस् पनि उसको हात काटिन्छ ।

बलात्कारको मामलामा साउदी परिवारमा कुनै सुनुवाइ हुँदैन उसलाई सिधै सार्वजनिक स्थानमा लगेर मृत्युदण्ड दिइन्छ । यसैले यो देशमा महिलामा कुनै छेडछाड तथा बलात्कारका मुद्दा कमै मात्र आउँछन् ।  वर्तमान साउदी अरबका वादशाह सलमान कडा कानुन अपनाउने राजको रुपमा चिनिन्छन् । सन् २०१६ मा राजा सलमानले आफ्नो नाताका भाइ तुकी–बिन–साउदको मृत्युदण्डको सजाय सुनाएका थिए । जसअनुसार उनको घाँटी काटिएको थियो । उनीमाथि हत्याको आरोप लागेको थियो जुन पति सत्य सावित भएको थियो ।

यसबाट साउदी कानुनमा कस्तो छ भन्ने अन्दाज लगाउन सकिन्छ । राजा सलमानले पश्चिम देशका साथ राजनीतिक तथा आर्थिक सम्बन्धलाई विस्तार गर्ने काम गरे । यो भन्दा पहिलो साउदीको पश्चिमा देशसँग राम्रो सम्बन्ध थिएन । उनले राजाको रुपमा महत्वपूर्ण निर्णय लिएका छन् । महिलालाई गाडी चलाउन प्रतिबन्ध रहेको कानुनलाई परिवर्तन गरी गाडी चलाउन पाउने कानुन मुख्य रहेको छ ।

प्रतिक्रिया