जहाँ दिदीबहिनीसँग जान प्रतिबन्ध छ . . .

नयाँदिल्ली । उत्तर प्रदेशको जालौन जिल्लामा २ सय १० मिटर उचाइमा एउटा टावर छ । यो टावर ‘लंका टावर’ को नामले चिनिन्छ । यो टावरको विशेषता भनेको यहाँ दिदीबहिनीसँग जान प्रतिबन्धजस्तै छ । यसको कारण जानौँ :

यो टावर बनाउन मासको दाल, कौडीहरू, शंख र सीपको प्रयोग भएको छ । यसको उचाइ २ सय १० मिटर रहेको छ । यो टावरजस्तै यसको चुचुरोमा जान पनि घुमाउरो बाटोबाट जानुपर्छ र यही बाटोमा लुकेको छ, दिदीबहिनीसँग जान नहुने कारण ।  यो टावर भारतभरमै सबैभन्दा अग्लो टावर हो । यसमा १ सय फिटको कुम्भकर्ण र ६५ फिट अग्लो मेघनाथको प्रतिमा टाँसिएको छ ।

टावरको अघिल्तिर चित्रगुप्त र भगवान शंकरको मूर्ति खडा छ । यहाँ नाग पञ्चमीमा मेला लाग्छ र समय–समयमा कुस्ती पनि खेलाइन्छ ।  टावरको क्षेत्रमा भगवान शंकरको एउटा मन्दिर छ । यो मन्दिरको निर्माण यस किसिमले गरिएको छ कि, रावणले आफ्नो लंकाबाट २४सै घण्टा यसको दर्शन गर्न सक्छ । परिसरमा १ सय ८० फिट अग्लो नाग र ९५ फिट अग्लो नागिन ढोकामा उभिएको देखिन्छ ।

यसलाई टावरको रक्षाका लागि बनाइएको भनाइ छ ।  यो टावरमा रावणको मात्र होइन, उसका पूरै परिवारको चित्रण गरिएको छ । केही पौराणिक घटनालाई पनि यहाँ चित्रमा कुँदिएको छ । आफ्नो क्षेत्रमा रामलीलाको आयोजना गर्दै आएका र त्यो रामलीलामा रावण भूमिका निभाउने मथुराप्रसाद निगमले यो टावरको निर्माण गराएका थिए ।

सन् १८७५ मा बनेको यो टावर बनाउँदा त्यस वेला १ लाख ७५ हजार खर्च भएको थियो । यसको निर्माणमा २० वर्षको समय लागेको थियो । हिन्दू धर्ममा ७ पटक परिक्रमा पतिपत्नीले मात्र गर्न सक्छन् । तर, यो टावरको चुचुरोमा पुग्न जुन घुमाउरो बाटो छ, यसले ७ फन्को मार्दछ । त्यसैले, यस टावरको चुचुरोमा पति–पत्नी वा प्रेमी–प्रेमिका जान सक्छन्, तर दिदीबहिनीसँग दाजुभाइ जान प्रतिबन्ध गरिएको छ ।

प्रतिक्रिया