-नरेन्द्रमान श्रेष्ठ पछिल्लो समयमा सेयर बजारप्रति थुप्रैको आकर्षण रहेको छ । सेयर बजारमा नयाँनयाँ लगानीकर्ताहरू धमाधम देखा परिरहेका छन् । खासगरी प्राथमिक सेयर बजारमा धेरैको आकर्षण रहेको देखिन्छ । पछिल्लो समयमा प्राथमिक सेयरखरिदमा आवेदन दिनेहरूको संख्यामा धमाधम वृद्धि भइरहेको छ ।
कुनै पनि कम्पनीको आइपिओ जारी हुँदा सेयर खरिद आवेदनदिनेहरूको घुइँचो नै लाग्ने गरेको छन् । पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिनेहरूको संख्या तीन लाखको हाराहारीमा पुगेको देखिन्छ । पछिल्लो समयमा आस्बामार्फत आवेदन दिन पाउने भएपछि यसको संख्या ह्वात्तै बढेको हो भन्दा पनि फरक नपर्ला ।
पछिल्लो समयमा सेबोनले प्राथमिक सेयरमा आवेदन दिनेहरूलाई १० कित्ता सेयर दिनुपर्ने नियम गरेपछि सेयर खरिद आवेदन दिनेहरू झनै बढेको देखिन्छ । प्राथमिक सेयरमा आवेदन दिने सबैले न्यूनतम १० कित्ता सेयर पाउने भन्ने भ्रम पनि देखा परेको देखिन्छ । आवेदन दिने सबैले १० कित्ता सेयर पाउने भने होइन माग गरेभन्दा धेरैको आवेदन पर्यो भने सबैले सेयर पाउँदैन् ।
त्यसवेला गोला प्रथाबाट बाँडफाँट गरिन्छ । तर बढी आवेदकहरूले सेयर पाउने भने देखिन्छ । पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा जनसहभागिता बढीरहेको देखिन्छ । त्यसो त पछिल्लो समयमा पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढ्दैछ । खासगरी नयाँ लगानीकर्ताहरूको आकर्षण बढ्दैछ । विगतमा वाणिज्य बैंकहरूको ८०, ९० लाख कित्ता प्राथमिक सेयर निष्कासन हुँदा पनि यति धेरै आवेदन परेको हुँदैनथ्यो ।
तर, पछिल्लो समयमा घाटामा रहेको हाइड्रोपावर कम्पनीहरूको आइपिओमा पनि डेढ लाखभन्दापनि बढी आवेदन पर्ने गरेका छन् । तर, पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले आवेदन दिने सबै आवेदकहरूलाई अनिवार्य १० कित्ता सेयर दिनुपर्ने भनेर भनेको कारणले पनि प्राथमिक सेयरमा आवेदन दिनेहरू ह्वात्तै बढेको देखिन्छ भन्दा पनि फरक नपर्ला ।
१० कित्ते नियमले धितो पत्रको बजारमा बोरा प्रवृत्ति कम हुनेछ भनेर धितोपत्र बोर्डले भने पनि बोरा प्रवृत्तिको सट्टा परिवार प्रवृत्ति बढेको जस्तो देखिन्छ । आवेदन दिएका सबैले १० कित्ता सेयर पाउने भ्रममा परिवाका सबै सदस्यहरूको नाममा आवेदन दिने प्रवृत्ति बढेकोजस्तो देखिएको छ भन्दा पनि फरक नपर्ला । त्यसो त परिवारका सबै सदस्यहरूले आवेदन दिन नपाउने दिन नहुने भन्ने पनि होइन ।
तर, पनि नेपाल ग्रामीण विकास बैंकको एफपिओमा यति धेरै आवेदन परेकोमा कतै बोरा प्रवृत्तिको पुनरावृत्ति भएको जस्तो पनि देखिन्छ । पछिल्लो समयमा आइपिओ होस् वा एफपिओ, प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरूको आकर्षण र चासो बढेको देखिन्छ । पछिल्लो समयमा कुनै पनि कम्पनीको आइपिओ र एफपिओ जारी हुँदा आवेदन दिन आवेदन संकलन केन्द्रहरूमा लगानीकर्ताहरूको भिड नै देखिने गर्छ ।
पछिल्लो समयमा नयाँ नयाँ लगानीकर्ताहरू बढी देखिन थालेका छन् । त्यसो त अहिले विगतमा जस्तो प्राथमिक सेयर खरिद गर्न आवेदन संकलन केन्द्रहरूमा घण्टाैँ लाइनमा बसेर आवेदन बुझाउनुपर्ने झन्झटबाट भने मुक्त भएका छन् ।अहिले आस्बा प्रणालीको स्वीकृति पाएका बैंक तथा वित्त कम्पनीहरूको देश भरका शाखा कार्यालयहरूबाट आस्वामार्फत सेयर खरिद आवेदनदिन सकिन्छ ।
सायद यहि कारणले पनि प्राथमिक सेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको हो कि, पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिन सजिलो र समयको पनि बचत हने गरेका छन् । त्यसै गरी १० कित्ते नियमले गर्दा पनि अहिले न्यूनतम ५ हजार रुपैयाँको मात्रै आवेदन दिए पनि पुग्ने भएको छ । यसले गर्दा पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ ।
त्यसो त पछिल्लो समयमा आइपिओ भर्नेहरूमा पुराना लगानीकर्ताहरू भन्दा नयाँ लगानीकर्ताहरू बढी देखिनथालेका छन्। आइपिओमा नयाँ लगानीकर्ताहरूको बढ्दो आकर्षणले गर्दा माग गरे भन्दा सयौँ गुणा बढी आवेदन पर्ने भएका छन् । पछिल्लो समयमा धितोपत्र बजारप्रति चासो राख्नेहरू पनि थुप्रै देखिन थालेका छन् । धितोपत्र बजारप्रति सबै वर्ग तह पेसाका व्यक्तिहरूको यसप्रति आकर्षण रहेको पाइन्छ ।
पछिल्लो समयमा सेयर बजारको सेयरको बारेमा फुटपाथ पसलेदेखि कर्पाेरेट कार्यालयहरूसम्म पनि यसको बारेमा चासो राखेको देखिन्छ । त्यसो त सेयर बजारप्रति धेरैले चासो राख्न धेरैको आकर्षण हुनु सेयर बजारको लागि सकारात्मक हो ।सेयर बजारप्रति प्राथमिक बजारप्रति लगानीकर्ताहरूको आकर्षणले गर्दा माग गरेभन्दा कयौँ गुणा आवेदन पर्ने गरेका छन् ।
विगतमा माग गरेभन्दा कति गुणा बढीले आवेदन पर्यो भनेर चासो राख्ने गरिन्थ्यो भने अहिले १० कित्ते नियमले गर्दा कति कति वटा आवेदन पर्याे भनेर चासो राख्ने गरेका छन् । त्यसो त आइपिओमा लगानी गर्नेहरू पुराना लगानीकर्ताहरू भन्दा नयाँ लगानीकर्ताहरूको बढी रहेको पाइन्छ । हुन त प्राथमिक बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरूको लागि आइपिओ मालगानीगर्न राम्रो हो ।
धितोपत्र बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरूको लागि प्राथमिक बजार उपयुक्त बजार हो भन्दा पनि फरक नपर्ला । प्राथमिक सेयरमा लगानी गर्दा जोखिम कम हुन्छ भने लामो अवधिको लागि लगानी गर्ने लगानी कर्ताहरूको लागि प्राथमिक बजारमा लगानी गर्ने राम्रो हो । यसमा दोश्रो बजारमा जस्तो जोखिम हुँदैन । यस कारणले पनि पछिल्लो समयमा प्राथमिक सेयर यानी आइपिओमा लगानी गर्नेहरूको भिड देखिन सकिन्छ ।
धितोपत्र बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूको लागि प्राथमिक सेयरमा लगानी गर्दा जोखिम कम हुन्छ यसमा दोश्रो बजारमा जस्तो जोखिमहुन्दैन प्राथमिक बजारबाट केही अनुभव लिई दोश्रो बजारमा प्रवेश गर्दा राम्रो हन्छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई २ समुहमा विभाजन गर्न सकिन्छ पहिलो समुहमा प्राथमिक बजारका लगानीकर्ताहरू र दोश्रोमा दोश्रो बजारका लगानीकर्ताहरू ।
प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरू भनेको आइपिओमा लगानी गर्ने लगानीकर्ताहरू । यी अलि लामो अवधिको लगानीकर्ताहरू हुन् । प्राथमिक बजारमा आइपिओमा लगानी गर्ने लगानीकर्ताहरू पछि आवश्यक परेको समयमा र केही नाफा भएपछि बिक्री गर्छन् । यस्ता लगानीकर्ताहरू सेयर बजारमा थुप्रै छन् । यिनिहरू धेरैजसो प्राथमिक बजारमा मात्रै सीमित भइरहेका छन् भन्दा पनि फरक नहोला ।
प्राथमिक बजारका धेरैजसो लगानीकर्ताहरू दोश्रो बजारमा प्रवेश गरेको त्यति देखिँदैन । प्राथमिक बजारका लगानीकर्ताहरू लामो अवधिका लगानीकर्ता हुन्छन् र आफ्नो सेयरको उचित मूल्य पाएपछि सेयर बिक्री गर्ने गर्दछन् । अबको समयमा प्राथमिक बजारबाट सेयर पाउने भनेको १० कित्ते नियमले गर्दा १० कित्ता मात्रै हो अबको दिनमा प्राथमिक बजारका लगानीकर्ताहरू पनि दोश्रो बजारमा प्रवेश गन पर्ने देखिन्छ ।
सेयर बजार चल्ने चनेको दोश्रो बजारले हो । त्यसो त प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोश्रो बजारमा जोखिम पनि हुन्छन् । प्राथमिक बजारका लगानी कर्ताहरू लामो अबधिकाहुने भएकोले त्यति घाटा व्यहोर्नुपर्दैन भने दोश्रो बजारमा भने कहिले घाटा पनि हुन्छन् त कहिले नाफा । यस कारणले पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको हो । प्राथमिक बजारका लगानीकर्ताहरू धेरैजसो साना लगानीकर्ताहरू नै हुन्छन् ।
प्राथमिक बजारमा लगानी गर्नको लागिन्युनतम रु ५ हजार मात्र भए पनि पुग्ने र जोखिम पनि त्यति नहुने भएकोले धेरै जसो साना र नयाँ लगानीकर्ताहरूको आकर्षण भएको कारणले पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरू ह्वात्तै बढेको हो भन्दा पनि फरक नहोला ।
प्रतिक्रिया