५२ वर्षीयसँग १८ वर्षीयाको प्रेम विवाह !


मुम्बई । हिन्दीमा उखान छ ‘जब मियाँ बिवी राजी तो क्या करेगा काजी. . .’ यसलाई चरितार्थ गरेका छन् महाराष्ट्रका एक जोडीले । लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका मिलंद सोमण र अंकिता कोवरको विवाहमा उनीहरू दुवै पक्षका परिवारका सदस्यको पनि उत्साहपूर्ण उपस्थिति थियो ।

पूर्ण मराठी रीति रिवाजअनुसार भएको सो विवाहमा परिवारका सदस्यसँगै अन्य पाहुना पनि उपस्थित थिए । यसअघि विवाहका अन्य विधिविधानका फोटा सामाजिक सञ्जालमा आइसकेका थिए । उमेरको अन्तरका कारण दुवै पक्षले कयौँ आलोचनाको सामना पनि गर्नुपरेको छ । सामाजिक सञ्जालमा उनीहरूलाई मज्जाले ट्रोल गरिएको थियो ।

एकातर्फ मिलिंद ५२ वर्षीय हुन् भने अर्कोतर्फ अंकिता उनीभन्दा धेरै सानी मात्र १८ टेकेकी छन् । जब न मिलिंदले आएका आलोचनालाई गम्भीरताका साथ ग्रहण गरे न त अंकिताले । दुवैले आफ्नो प्रेम सम्बन्ध कहिल्यै लुकाउने प्रयत्न पनि गरेनन् । अंकिताले केही समय पहिले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एउटा फोटो पोष्ट गर्दै लेखेकी पनि थिएन् ‘तपाई बिना बस्दा कस्तो हुन्छ ? भनेर म सोच्न पनि चाहन्न ।

म तपाई बिनाको संसार देख्न पनि चाहन्न ।’ अंकिताले एयर एसियामा केबिन क्रु एक्जिक्युटिभको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।उनको प्रोफाइलबाट जानकारी हुन्छ की उनी गाउन र घुम्नमा सौखिन छिन् । मिलिंद भने ग्यामर वल्र्डका साथै पिटनेसको संसारमा राम्रो दख्खल राख्छन् ।

९० को दशकमा आलिसा चेनायको भिडिओ एलवम ‘मेड इन इंडियामा’मा तहल्का मच्चाउने मिलिंद ५२ वर्षको उमेरमा पनि धेरै पपुलर छन् । मिलिंदको यो दोश्रो विवाह हो । यसअघि उनको फ्रेन्च मोडल जम्पानोइसँग विवाह भएको थियो । जससँग उनको पारपाचुके भइसकेको छ ।

प्रतिक्रिया