संविधानसभामार्फत नेपालको संविधान घोषणापछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको थियो । २० माघ ०७२ मा मन्त्रिपरिषद्को बैठकद्वारा निर्णय गरी उक्त सरकारले पहिलोपटक नेपालको लुम्बिनी, बुद्धको जन्मथलो, बुद्ध दर्शन र शान्तिको उद्भव थलो हो भनेर अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन र २५६० आैँ बुद्ध जयन्ती मनाएको थियो ।
उक्त बुद्ध सम्मेलनले Lumbini, Nepal: The Birth place of Lord Buddha and Fountain of Buddhism and World Peaceभन्ने विषयलाई अनुमोदन गर्दै १० बुँदे घोषणापत्र जारी गरेको थियो । साथै ग्लोबल बुद्धिस्ट फोरम निर्माण गरेको थियो । तत्कालिन प्रधानमन्त्री ओलीले सदनमा विश्वासको मत गुमाएपछि बनेको सरकारले बुद्ध दर्शन र लुम्बिनी कपिलवस्तुलाई प्रवद्र्धन गर्ने गरी अन्तर्राष्ट्रिय बुद्ध गोष्ठि र सम्मेलन गरेन ।
बुद्ध जयन्ती नाम मात्रको मनायो । अहिले नयाँ जनादेशबाट सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले पुनः दुई वर्षपछि अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन र गोष्ठी १५–१६ वैशाखमा लुम्बिनीमा आयोजना गर्ने तयारी गरेका छन् । साथै सरकारले २५६२आैँ बुद्ध जयन्ती १७ वैशाखमा भव्यताका साथ मनाउँदैछ । यसको तयारी नेपाल सरकार संस्कृति मन्त्रालय, लुम्बिनी विकास कोष र लुम्बिनी विश्व विद्यालयले गरिरहेको छ । बुद्ध दर्शन, सर्वव्यापी, सर्वस्वीकार्य दर्शन हो । यो ठाउँविशेष धर्मविशेष र सम्प्रदाय विशेषको धर्म होइन ।
यो विश्व ब्रह्माण्डको सबै मानवजाति, प्राणी जातिको समस्याको समाधान गर्ने पथप्रर्दशक दर्शन हो । यसको गौरवबोध सबै मानव जातिले गर्न पाउनुपर्दछ । यो सत्यलाई यो लेखकले आत्मसाथ गरेको छ तर अझै पनि कुनै खास मुलक र शासकहरूले बुद्ध जन्मस्थान र बुद्ध दर्शनको उद्भवको बारेमा भ्रम फैलाइरहेका छन् । बुद्ध र बुद्ध दर्शन आफ्नो मुलकको पैतृक सम्पत्तिजत्तिकै गर्दै अनाधिकार प्रचारप्रसार गरिरहेका छन् । कपिलवस्तु खडा गरेर बुद्ध भारतको कपिलवस्तुमा जन्मेका हुन् भनी भ्रम दिने कोसिस भइरहेको छ ।
बुद्ध दर्शनमा प्रत्यक्ष उपनिवेश लाद्ने कार्य भइरहेका कारण यसको यथार्थता थाहा पाउनु विश्व समुदायको नैसर्गिक अधिकार हो । त्यसैले बुद्ध जन्म र बुद्ध दर्शनको उद्भव र बुद्ध शिक्षाको आजको संसारको सान्दर्भिकता यसमा नेपाली भूमिको योगदान बारेमा चर्चा गर्नु जरुरी ठानेर यो लेख लेख्ने प्रयास गरिएको हो । आजसम्मको अनुसन्धान र प्राप्त प्रमाणको आधारमा बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने कुरामा दुईमत रहेन ।
भारतीय पक्षले नेपाल आउँदा बुद्ध नेपालमा जन्मेको हुन् भन्ने, नेपालबाट बाहिरिनासाथ भारत बुद्धभूमि भन्ने दोहोरो मापदण्ड अंगिकार गरिरहेको छ । सत्यलाई स्वीकार गर्ने साहस भए भारतलगायत ६ मुलुकले आफ्ना सबै पाठ्यपुस्तक, सरकारी दस्तावेज र सबैखाले प्रकाशनहरूमा बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनेर लेख्नुपर्ने छ । यसको लागि नेपाल सरकारले आफ्नो कुटनीतिक नियोगमार्फत प्रयास जारी राख्नेछ । प्रधानमन्त्रीले यसको निर्देशन ती राष्ट्रका राजदूतावासलाई दिनुपर्नेछ ।
बुद्ध दर्शन र शान्तिको उद्भव नेपाल नै हो भन्ने विषयको सच्याइलाई विश्वसामु नेपालले पुर्याउने ऐतिहासिक जिम्मेवारी बाँकी छ । ०७२ सालमा यसको सुरुवात भए पनि निरन्तरता पाउन सकेन । यस पटकको बुद्ध सम्मेलन बुद्ध दर्शन र शान्तिको उद्भवस्थल नेपाल हो भन्ने सच्याइलाई अन्तर्राष्ट्रियकरण गर्न सफल हुनेछ । बुद्ध दर्शन नेपाली माटोको मौलिक उत्पत्ति हो भन्ने विषयलाई विश्व समुदायमा गम्भीरतापूर्वक उठाउने बेला आएको छ ।
बुद्ध दर्शनको उद्भवको बारेमा विश्व बौद्ध साहित्य र दर्शनमा उल्लेख भएअनुसार बुद्ध जन्मदाको जुन दृष्य वर्णन गरिएको छ, जन्मदै सात पाइला हिँड्नु पाइला टेकेको ठाँउमा कमलको फूल फुल्नु , आैँला ठड्याएर ‘म सर्वश्रेष्ठ हुँ ।’ , भन्नु जस्ता विषय उद्धृत गरिएको छ । यसैले बुद्धको जन्म एक भौतिक मात्र नभई अलौकिक थियो र छ भन्ने पुष्टि हुन्छ । कपिलवस्तु दरबारभित्रका व्यवहारसँग असुन्तुष्ट रहनु त्यसलाई सुधार्ने प्रयत्न गर्नु । हिंसाको विरुद्ध आफ्नो भाई देवदत्तसँग हाँसको जीवन रक्षाको लागि संघर्ष गर्नु ।
राज शुद्धोधनको दरबारमा हाँस शिकारी देवदत्तको हक हुने की बचाउने सिद्धार्थको हक भन्ने विषयमा विवाद हुँदा अन्तिम फैसला सिद्धार्थको पक्षमा भएको थियो । सम्पत्ति, परिवार र राज्य शक्तिको मोह त्यागेर दरबारको कयाैँ प्रयत्नको बाबजुद प्राणी जगतको मुक्तिको लागि सबै सुख सुविधा, परिवार, धन, दौलत, राज्य शक्ति त्यागेर साधु बन्दै निस्कनेजस्तो कार्य एक सामान्य मानिसले गर्न नसक्ने विषय हो । बुद्ध दरवारभित्र नै सबै विषयको जानकारी राख्दथे । दरबार भित्रैबाट त्यसलाई प्रचारमा ल्याउन प्रतिबन्ध थियो ।
उनको विचार र दृष्टिकोणमाथि दरबारभित्र विरोधको वातावरण थियो । उनले तत्कालै आफ्नो कुराभन्दा राजकुमारको नाममा जन्मेको राजकुमारलाई विश्वले चिन्दैन थियो । पचाउँदैन थियो । त्यसको लागि अन्य चरित्रको अभिनय गर्नुथियो जसअनुरूप उहाँले विभिन्न भूमिका निर्वाह गर्दै ६ वर्ष बिताउनुभयो । २९ वर्षमा दरबार छोडेर बुद्धले ३५ वर्षमा बोधगया भन्ने स्थानमा Enlightenment भए अर्थात् म बिउँझेको छु ।
मैले ज्ञान र शक्ति प्राप्त गरेँ भन्नुभएको हो । त्यसैले बुद्धले बोधगयामा गएर बुद्धत्व प्राप्त गरे भन्ने केवल बुद्ध चरित्र मात्र थियो । उनि जन्मदै बुद्ध थिए । जसको प्रमाण बुद्धले बुद्धत्व प्राप्त गरेको पञ्चशिलको सिद्धान्तः हत्या–हिंसा नगर्नु, चोरी नगर्नु, झुट नबोल्नु, व्यभिचार नगर्नु, लागू तथा नसालु पदार्थ प्रयोग नगर्नु । चार महान सत्यः दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन्छ र दुःखको अन्त्यको बाटो छ जुन भन्नुभएको छ उहाँले यी विचारको अवलम्बन दरबारभित्र र दरबारबाहिर व्यावहारिक रूपमा कार्यान्वयन गर्नुभएको थियो ।
अब भन्न सक्छाैँ बुद्ध दर्शनको उद्भव नेपालको कपिलवस्तु लुम्बिनी हो । यो कुराको लागि थप पुष्टि र व्याख्या चाहिएन । यो सच्याईलाई नेपाली जनता ,सरकार र नेपाली बुद्धिस्टहरूले महत्वपूर्ण सम्पत्तिको रूपमा ग्रहण गरिसकेका छन् । बुद्धको दर्शनअनुसार जो ब्यँुझिएको छैन, लोभी छ, दिग्भ्रम छ , अरूको डाहा गर्छ , झुटो बोल्छ , सही गलत थाहा पाउँदैन, तथ्यबाट सत्य खोज्दैन, त्यस्ता व्यक्ति, समुदाय र राष्ट्रले गलत र विनासको बाटो लिन्छन् । बुद्ध दर्शन, बुद्ध ज्ञान र बुद्ध मार्ग आज केवल, धर्म र सांस्कृतिक रूपमा व्याख्या भइरहेको छ ।
बुद्ध दर्शनको आत्मा विश्वको लागि राम्रो नेतृत्व, असल राजनीतिक सिद्धान्त, राम्रो आर्थिक नीति, द्वन्द्वको समाधान र शान्तिको स्थापना, मानवअधिकारको रक्षा, सामाजिक मूल्य मान्यताको जगेर्ना र कार्यान्वयन, भ्रष्टाचार मुक्त समाज, समाज विकासको लागि विभेदरहित समावेशिता सिद्धान्त, वर्गीय पक्षधरता, हत्या हिंसाको अन्त्य र शान्तिको बहाली, सशस्त्र आन्दोलनको अन्त्य, समतामूलक न्यायको सिद्धान्त, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण र दिगो विकासको सिद्धान्तको सैद्धान्तिक जग बुद्ध दर्शन हो भन्ने कुरा प्रमाणित छ ।
तथापि थप व्याख्याको आवश्यक छ । त्यसैले बुद्ध दर्शन एक वैज्ञानिक, प्राणी जातिको रक्षा र समतामूलक विकास, जातीय र लैंगिक भेदभावरहित समाजको परिकल्पाना र सिद्धान्त हो । बुद्ध दर्शनले हरेक वस्तु नासवान छैनन् यसको अवस्था मात्र फेरिन्छ तर उपयोगिता सधैँ कायम रहन्छ । कुनै पनि बस्नु अपरिवर्तनीय छैन । सबै परिवर्तनशील छन् । विकास भन्ने ने वस्तुको सकारात्मक परिवर्तन हो । हरेक परिवर्तनको आफ्ना कारण र यसले उत्पादन गर्ने प्रभाव समेतलाई मापन गरिन्छ । भनेको छ ।
आजभन्दा २५६२ वर्ष अगाडि परिकल्पना गरिएको सिद्धान्तको सान्दर्भिकता दिन प्रतिदिन बढिरहेको छ । बुद्धले, बुद्ध, धर्म, संघजस्ता महत्वपूर्ण त्रिरत्न प्रतिपादन गरका थिए । ज्ञान प्राप्त गर्र्नु, कर्म गर्नु र संघमा सम्मानित समतामूलक जीवन बिताउन निर्देश गरी कार्यन्वयन गरिएको थियो । वर्ग विहीनको पक्ष पोषण गरी आदर्शवादी समाजवादी समाजमा जोड दिएको थियो । २१ औँ शताब्दीको लागि नेतृत्व गर्न दिगो विकासको परिकल्पनाकार, सर्वाधिक वैज्ञानिक विश्वासनीय लोकतान्त्रिक शासनको पक्षपाती, सबैखाले द्वन्द्वमुक्त शान्तिपूर्ण समाज र सुखी जीवनको सिद्धान्त नै बुद्ध दर्शन हो ।
बुद्ध दर्शन एक वैज्ञानिक पक्षधरता बोकेको गणतन्त्रवादी सिद्धान्त हो जसमा बुद्धले Nirvana प्राप्त गर्नुअघि उत्तराधिकारी तोक्ने सबै चेलाहरूको अनुरोधलाई शान्तिपूर्वक अस्वीकार गरी संघ चलाउने तिमीहरूको सामुहिक जिम्मेवारी हो भनेर वंश परम्पराको अन्त्य गर्दै निर्वाचनमा जोड दिनुभएको थियो ।आज पृथ्वीले ठूलो कष्ट व्यहोरेको छ । शक्ति राष्ट्रको अहंकारले मानिस र पृथ्वी बचाउन चुनौती भएको छ । बुद्धले अगाडि सार्नुभएको मानव मूल्य सबैले बिर्सिएका छन् । शान्ति, अहिंसा, हतियारबन्द युद्धको अन्त्य, करुणा, दया , सौहाद्रता, क्षमाशीलताको कारणले मानिस आपसमा जोडिन्छन् ।
विश्वमा आज मानव, शान्ति, विकास, सुख र सद्भावको भोको छ । तर त्यसको विरुद्ध कलंकहरू विकसित भएको छ । हिंसा, घृणा, असहिष्णुता र उग्रवादले ठाउँ लिएको छ । राष्ट्र र राष्ट्रबीचको द्वन्द्व, भूमण्डलीकरण, जलवायु परिवर्तनको असर, उपभोक्तावादी चिन्तन, रासायनिक र जैविक हतियार, युद्ध, कुशासन, भ्रष्टाचार, अलोकतान्त्रिक जातीय द्वन्द्व, हतियारको खेती, प्राकृतिक प्रकोपको कारण पृथ्वीको अन्त्य र मानव जाति विनासको संघारमा अहिले हामी उभिएका छाँै । त्यसबाट यो मानव जाति र पृथ्वीलाई बचाउनु छ । त्यो बचाउने एकमात्र बाटो बुद्ध दर्शन र बुद्ध मार्ग हो ।
उहाँले निर्देशन गर्नुभएको माध्यम मार्गी बाटो (The Noble Eight Fold Path) हो । हरेक नेतृत्व कर्ताले दुःखबाट आफू, समाज र राष्ट्रलाई मुक्त गर्नु छ । पृथ्वीलाई बचाई यसको दिगो विकास गर्नु छ । मानव वा मानवतालाई नेतृत्व गर्ने व्यक्तिले समाजलाई बचाउनुपर्दछ । यो मर्मलाई आत्मसात् गर्न बुद्धको अष्टमार्ग ठीक दृष्टिकोण, ठीक ज्ञान र विचार, ठीक वाणी, ठीक काम, ठीक जीविका, ठीक प्रयन्त, ठीक विवेक, ठीक केन्द्रविन्दुजस्ता महान वाक्यलाई सबैले अंगिकार गरौँ ।
हामीले बुद्ध दर्शनमार्फत पृथ्वीलाई बचाउन सक्छौँ । मानव जातिलाई बचाउन सक्छौँ । मानव जातिलाई सुखी समृद्धि बनाउन सक्छौँ । विश्वमा द्वन्द्वको अन्त्य गरी शान्ति कायम गर्न सक्छौँ । यो नै बुद्धचित हो , बुद्ध विचार हो । नेपालबाट सुरु भएको विश्वलाई मार्गदर्शन गर्न सक्ने विचार नेपाल भूमिको मौलिक विचार हो । विश्व ब्रह्माण्ड र प्राणी जगतको सुख र समृद्धिको आह्वान हो ।
प्रतिक्रिया