वामगठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा छ । वामगठबन्धनका लागि यो ठूलो र ऐतिहासिक अवसर हो । यस्तो अवसर सधैँभरी नआउन पनि सक्छ । यो अवसर वामगठबन्धन सरकारले गुमाउनु हुँदैन । जनतामा लोकप्रिय हुने बेला भनेकै यति बेला हो । परम्परागत सोच चिन्तन र कार्यशैलीमा आमूल पविर्तनको खाँचो छ ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको हो । भारतको कलकतामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिस्ट पार्टी आज आएर विभिन्न समूहमा बाँडीएर बसेका छन् । ०१९ सालपछि कम्युनिस्ट पार्टीमा विभाजन सुरु भएको हो । फुट्ने–जुट्ने श्रृखला विभिन्न कालखण्डमा अगाडि बढदै आएको छ ।
माले र माक्र्सवादी मिलेर एमाले बन्यो । ०४८ सालको संसदीय चुनावमा एमाले दोस्रो दल भयो । एकता केन्द्र तेस्रो दल बन्यो । यी दुई कम्युनिस्ट पार्टी दुई धारमा विभाजित थिए । एमालेले शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट अघि बढ्ने सिद्धान्त अंगिकार गरेको थियो भने एकता केन्द्र क्रान्तिकारी धार बोकेर उभिएको थियो । एकता केन्द्रले संसदीय अभ्यास छाडेर जनयुद्ध गर्ने रणनीति बनायो ।
मसाल , चौम , सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल मिलेर प्रचण्डको नेतृत्वमा नेकपा एकता केन्द्र बनेको थियो । एकता केन्द्रमा पनि दुई धार देखियो । अमिक शेरचन , लिलामणि पोखरेललगायत संसदीय अभ्यासबाट अघि बढ्ने सोच लिएर मध्यावधि चुनावमा भाग लिए । प्रचन्ड समूहले चुनाव बहिष्कार गरी जनयुद्धको घोषणा गर्यो ।
जनयुद्धलाई राज्यले दमन बाटसमाप्त पार्न सकिन्छ कि भनेर धेरै बल प्रयोग गर्यो । तर जनयुद्ध झन चर्किदै गयो । जनयुद्धको नेतृत्व प्रचण्डले गरेका थिए । साथमा डा. बाबुराम भट्टराई , रामबहादुर थापा , कृष्णबहादुर महरालगायत चर्चित अनुहार जनयुद्धमा होमिएपछि जनयुद्धले आँधीबेहरी ल्यायो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जरूप रूपमै जनयुद्धले चर्चा पायो । विदेशीहरूको ध्यान नेपालतिर केन्द्रित भयो । जनयुद्धको कारण भौतिक संरचनादेखि हजाराैँ भन्दा बढीको ज्यान गएको छ ।
जनयुद्धको बलमा राजनीतिक शक्ति सन्तुलन बदलियो । राजसंस्था फालेर गणतन्त्र आयो । धर्मनिरपेक्षता , संघीयता , समानुपातिक , समावेशी व्यवस्था लागू भयो । सिंहदरवारमा केन्द्रित एकात्मक राज्य व्यवस्था ढल्यो । गाँउगाँउमा अधिकार पुग्यो । स्थानीय तह , प्रदेश र केन्द्रका गरी तिन वटा सरकार छन् । महिला, दलित , आदिवासी , जनजाति , अल्पसंख्यक मधेसीको विशेष अधिकार सुनिश्चित भएको छ । संविधान सभाबाट संविधान जारी भयो । यो नै महत्वपूर्ण कुरा हो ।
जनयुद्ध र शान्तिपूर्ण आन्दोलनको बलमा नै देशमा धेरै परिवर्तन हुन सम्भव भएको हो । सबै दलहरू मिलेर शान्ति प्रक्रिया सफल बनाए । अब शान्ति प्रक्रियाका केही कानुनी पाटाहरू टुंग्याउन बाँकी छ । माओवादी शान्ति प्रक्रियामा आएपछि एमाले र माओवादीबीच कहिले सम्बन्ध राम्रो हुँदै अघि बढ्छ , कहिले सम्बन्धमा तिक्तता हुन्छ । प्रतिनिधि सभाको चुनाव र प्रदेश सभाको चुनावदेखि एमाले र माओवादीबीच सम्बन्ध राम्रो हुँदै आएको छ ।
चुनावको वेलामा यी दुई दलले चुनावपछि पार्टी एकता गर्ने गरी असोज १७ गते वामगठबन्धन बनाए । र एउटै घोषणा पत्र जारी गरी चुनावमा होमिए । उनिहरूले अघि सारेका एजेन्डालाई जनताले मन पराएर बहुमत दिए । सरकार पनि दुई पार्टी मिलेर चलाएका छन् । चुनावमा बाचा गरेका कामहरू क्रमशः पूरा गदै जानुपर्ने आवश्यकता देखिएको छ । दुई पार्टी एकता हुने हल्लाले धेरै नै चर्चा पाएको छ । कम्युनिस्ट पार्टी स्थापनाको दिवस पारेर ९ वैशाखमा पार्टी एकताको घोषणा हुने सहमति भएको छ ।
एकतापछि सबै भन्दा बलियो कम्युनिस्ट पार्टी बन्छ । एकीकृत पार्टीले अब देश र जनताको पक्षमा के काम गर्छ । चुनावको वेलामा जनता लाई दिएका बाचा पूरा गर्ने कि नगर्ने ? प्रश्न उठने गरेका छन् । वामगठबन्धनले चुनावी घोषणा पत्र मार्फत राजनीतिक स्थायित्व विकास र समृद्धिको नारा दिएर जनतासँग भोट मागेको थियो । अब बलियो पार्टी र बलियो सरकारले बोलेका काम पूरा गर्नुपर्छ । वामगठबन्धनप्रति जनताको ठूलो आशा र भरोशा छ ।
वामगठबन्धनका लागि यो ठूलो र ऐतिहासिक अवसर हो । यस्तो अवसर सधैँभरी नआउन पनि सक्छ । यो अवसर वामगठबन्धन सरकारले गुमाउनु हुँदैन । जनतामा लोकप्रिय हुने बेला भनेकै यति वेला हो । परम्परागत सोच चिन्तन र कार्यशैलीमा आमूल परिवर्तनको खाँचो छ । परम्परागत पाराले देश बनाउन सकिँदैन । अब जनतामाथि खेलवाड गर्ने जमाना गए । वामगठबन्धन सरकारले त्यस्तो खेलवाड नगरोस् ।
जनताले निरीक्षण गरेर बसिरहेका छन् । जनतालाई राज्यले दिने सेवा सुविधा सहज बनाउनुपर्छ । जनताले निकै ठूलो अपेक्षा साथ वामगठबन्धनलाई मत दिएका हुन् । यो कुरा वाम सरकारले भुल्नु हुँदैन । देशमा विकास र समृद्धिको मार्गचित्र कोर्ने ठोस योजना लिएर सरकार अघि बढ्नुपर्छ । सरकारले जनतासँग जोडिने नीति तथा कार्यक्रम बनाएर जानुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय एकता बलियो बनाएर जानुपर्छ ।
बहुमतको दम्भ देखाएर कांग्रेसलाई निषेध गर्ने काम गर्नुहुँदैन । प्रतिपक्षसँग पनि सल्लाह सुझाव लिएर विकास निर्माणका काम अघि बढाउनु नै राम्रो हुने छ । कम्युनिस्टहरूको फुटबाट फाइदा लिएर कांग्रेसले पटक पटक सरकार चलायो । तर, जनताको पक्षमा सिन्कोसमेत भाँचेन । जसले गर्दा जनताले यसपाली कम्युनिस्टलाई झण्डै दुई तिहाइको बहुमत दिएका छन् । कम्युनिस्ट सरकारले पनि जनताको पक्षमा काम गर्न सकेन भने जति ठूलो पार्टी भए पनि आउँदो चुनावमा जनताले धूलो चटाइदिने छन् ।
त्यसैले यो वर्तमान सरकारले लोकप्रिय काम गरेर देखाउनुपर्ने आवश्यकता छ । गरिबी , अभाव , पछौटेपन , र असमानता समाप्त गर्नेतिर सरकारको ध्यान जान जरुरी छ । कम्युनिस्ट अधिनायकवाद आउन थाल्यो भनेर आतंकित हुनेहरू पनि छन् । तर, कम्युनिस्टहरूले अधिनायकवाद लाद्छन् भन्ने भ्रम हो ।अहिलेको अवस्थामा अधिनायकवादी शासन सत्ता लामो समय सम्म टिक्न सक्दैनन् । त्यसो गर्नु पनि हुँदैन । सबैसँग मिलेर विकास, समृद्धि र सुशासन कायम गर्नतिर सरकारको ध्यान पुग्नुपर्छ । पार्टी एकतापछि मुलुकलाई विकास र समृद्धितिर लैजानुपर्छ ।
अरू सानातिना कम्युनिस्ट पार्टी हरूलाई पनि गोलबद्ध गर्दै जानुपर्ने आवश्यकता देखिएको छ ।जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम सरकारले गर्नुपर्छ । कुरा मात्रै गर्ने काम नगर्ने हो भने जनता निराश हुनेछन् । जनताले वाम सरकारबाट छिटो नतिजा खोजेका छन् । जनतामा उत्साह थप्ने काम गर्नुपर्छ । सरकार मुलुकमा सुशासन कायम गर्ने तिर लाग्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्नु पर्छ । भ्रष्टाचारले मुलुक आक्रान्त छ । भ्रष्टाचार मौलाउँदै गएको छ । देश र जनताको भाग्य र भविष्य निर्माण गर्नका लागि सरकारले कठोर कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।
अब एकतापछि पार्टी बलियो हुनुपर्छ । टुट्दै फुट्दै र जुट्दै अघि बढेका कम्युनिस्ट पार्टीले सरकारमा भएको वेलामा व्यापक जनताको पक्षमा काम गरेर लोकप्रियता कमाउनुपर्छ । त्यसले पछिसम्म छाप छोड्छ । माओवादी केन्द्र जनयुद्धको पृष्ठभूमिबाट अघि बढ्दै आएको पार्टी हो भने नेकपा एमाले ०४६ सालपछि बहुदलीय जनवादको कार्यदिशा पारित गरेर शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति बाटो अपनाएर आएको पार्टी हो । माओवादी केन्द्र पनि अहिले यही बाटोमा अघि बढिरहेको छ । स्थापना कालदेखि नै टुट फुट र गुट उपगुट निर्माण गदै कमजोर बनेका कम्युनिस्ट पार्टीबीच पार्टी एकता हुनु खुसिको कुरा हो ।
पहिलोपटक अभ्यासमा आएको संघीयतालाई पूर्णरूपमा कार्यान्वयन गराउनु वर्तमान वाम सरकारलाई त्यति सजिलो छैन । दुई पार्टीबीचको एकता पछिको गन्तव्य के हो ? यस बारेमा प्रष्ट पार्नुृपर्छ । अब कसैले रोकेर पनि पार्टी एकता रोकिँदैन भन्दै प्रचण्ड र ओलीले भन्दै आएका छन् । अब वास्तवमा पार्टी एकता हुने नै भयो । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता आवश्यकता हो की बाध्यता ? अहिले यो विषयमा चर्चा हुने गरेको छ । तलदेखि माथिसम्म नेतादेखी कार्यकतासम्मको व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छँदैछन् । पार्टी एकतापछि मुलुकको भविष्य के हुन्छ ? बहस गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया