जहाँ गर्भवती हुन हाकिमको अनुमति चाहिन्छ

टोकियो । आमा बन्नु हरेक महिलाका लागि सुखको विषय हो । तर, यसका लागि पनि कसैसँग अनुमति लिनुपर्छ भने त्यसलाई के भन्ने ? जापानका कम्पनीहरूले यस्तै उर्दी जारी गरेका छन् । यहाँका कम्पनीहरू आफ्ना महिला कर्मचारीलाई गर्भवती हुनुअघि हाकिमसँग अनुमति लिन निर्र्देशन दिएका छन् । यो कुरा तब सार्वजनिक भयो जब एउटा नर्सरीमा काम गर्ने महिलाका पतिले यसको खुलासा गरे ।

उनले आफ्नी पत्नीलाई हाकिमले यसकारण गाली गरिरहेका छन् कि उनी अनुमतिविना नै गर्भवती भइन् । यति मात्र होइन ती महिलाले गर्भवती भएकामा हाकिमसँग माफी माग्नु पर्यो ।  महिलाका पतिले यहाँ अन्य महिलासँग पनि खराब व्यवहार हुने गरेको बताए । सबै महिला कर्मचारीलाई यो उर्दी जारी गरिएको छ कि विवाह गर्न र गर्भवती हुन अनुमति अनिवार्य छ ।

कर्मचारीको वरिष्ठताको आधारमा कुन कर्मचारीले पहिले विवाह गर्ने भन्ने कम्पनीले नियमै बनाएको छ । यो उर्दीपछि टोकियोकी जोकीले भनिन्, ‘मैले आफ्नो विवाह र गर्भवती हुने जानकारी सुपरभाइजरलाई दिइसकेको छु ।’ सुपरभाइजरले उनलाई ३५ वर्षको उमेरसम्म पर्खन भनेका छन् ।

प्रतिक्रिया