-निनाम लोवात्ती कुलुङ हालको २१ औं विश्वको पर्यटन उद्योगमा समयको गति र प्रतिस्पर्धा सँंगसँंगै विभिन्न सेवामूलक क्षेत्रमा पनि विविधिकरणले व्यापक रूप लिएको छ । त्यसबाट नेपालको पर्यटन उद्योग मात्रै अछुतो रहन सक्ने कुरा भएन । अतः नेपालको पर्यटन उद्योगको क्षेत्रमा पनि विविधिकरणले व्यापक रूप लिएको छ ।
हुन पनि विश्वको पर्यटन उद्योगमा विविधीकरणको प्रसंगमा भन्ने हो भने, मरुभूमिको देश युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा स्की पर्यटनले गति लिएको छ । यस्तो देख्दा हामीले (कम्तिमा यो पंक्तिकारले) इष्र्या नै त भनी नहालौँ तर, हाम्रोजस्तो प्राकृतिकरूपमै हिमालै हिमाल भएको देश नेपालमा हालसम्म पनि स्की पर्यटनले गति लिएको छैन ।
यस्तो देख्दा मन कुँडिन्छ नै । तापनि पनि युएईजस्तो देशमा जसरी कृतिम आइसको थुप्रोमा स्की पर्यटन फस्टाएको छ वा भनौंँ स्की पर्यटनको प्रवद्र्घन भएको छ, त्यसरी नै नेपालमा पनि कृतिम समुन्द्र बनाएर नांगा–भुतुंगा पर्यटकको भीड लगाउन पाए कस्तो होला ? तर नेपालमा हालसम्म त्यस्तो सम्भावना देखिएको छैन । नेपाल पनि पर्यटनका लागि अनेकौँ सम्भावना भएका विश्वका केही देशहरू मध्येमा पर्छ नै ।
चाहे त्यो भगौलिक विविधताको हिसाबले होस्, चाहे त्यो जातीय विविधताको हिसाबले होस्, चाहे त्यो भाषिक विविधताको हिसाबले होस्, चाहे त्यो साँस्कृतिक विविधिताको हिसाबले होस्, चाहे त्यो धार्मिक विविधताको हिसाबले होस्, चाहे त्यो जैविक विविधताको हिसाबले नै किन नहोस् ।
विश्वका एकसे एक देशसंँग दाँज्न सकिने सम्पदा र सम्भावनाहरू नेपालमा पनि छन् ।त्यसो त हाल आएर विश्वभरि नै पर्यटन उद्योगको क्षेत्रमा विविधीकरणले प्रवेश पाएको त माथि नै उल्लेख भएको छ । यसरी विश्वभरि पर्यटन र पर्यटकलाई नयाँपन दिने लहर नै चलेको छ । त्यसैले त विश्वका कैयौँ देशले पर्यटकलाई सुन्दै अनौठो र नौलो लाग्ने अनेकौँ खालका उत्पादन र सेवाहरू दिइरहेका छन् ।
त्यस्तै, नेपालमा आउने पर्यटकलाई पनि विगत लामो समयदेखि पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, प्यारासुट जम्पिङ, जलयात्रा, पदयात्रा, हाइकिङ, साइक्लिङ, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, स्काई डाइभ, जंगल सफारीलगायत साहसिक पर्यटन, साँस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वास्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरू), सिटी टुर, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म र संस्कृतिको अध्ययन, भाषाको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, शिकार पर्यटन, चरा अवलोकन पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, वन्यजन्तु अध्ययन अनुसन्धान पर्यटन आदि इत्यादिको सम्भावना धेरै नै छ ।
र, यस्तो खालको पर्यटनले नेपालमा प्रश्रय पाएको पनि छ । तर यहाँ छोटो चर्चा गर्न खोजिएको विषयचाहिँ निकुञ्ज पर्यटनका बारेमा हो । हो, मान्छेहरूले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुञ्ज पर्यटन पनि हामी नेपालीहरूका लागि अझ खासगरी ग्रामीण भेगका जनताहरूका लागि एउटा आधारस्तम्भको रूपमा रहेको छ भन्दा अत्युक्ति हुँदैन । किनभने अधिकांश निकुञ्जहरू तराई क्षेत्रमा होस् वा पहाडमा, गाउँघर अर्थात् ग्रामीण क्षेत्रकै आसपासमा छन् ।
जे होस्, हालसम्म नेपालमा सगरमाथा (चोमोलुङ्मा) राष्टिय निकुञ्ज, चितवन राष्ट्रिय निकञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्टिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज , शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकञ्ुज, बर्दिया राष्ट्रिय निकुञ्जलगायत लगभग एक दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्जहरू रहेका छन् ।
त्यसो भए तापनि आम्दानीको आधार र पर्यटकले भ्रमण गर्ने संख्याको हिसाबले हेर्दा सगरमाथा (चोमोलुङ्मा) राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज आदिलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने हुन्छ । हुन त नेपालको सन्दर्भमा पर्यटनको बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरूको सुरुआती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस्, अथवा हिमाल आरोहण नै किन नहोस् ।
जस्तै होटलकै सन्दर्भमा पनि तत्कालीन सोभियत संघको नागरिक बोरिस लिसानोभिचले काठमाडाैँ अहिले निर्वाचन आयोग भएको भवनमा पहिलोपटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरूले होटलको सेवा लिने आधारस्तम्भ खडा भयो । वास्तवमा बोरिसलाई नेपालको पर्यटन क्षेत्रमा कखरा सिकाउने पहिलो व्यक्ति भन्दा फरक नपर्ला । त्यस्तै, नेपालमा निकुञ्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिककै हात छ ।
बेलायती नागरिक जिम एडवर्डस्ले पहिलोपटक चितवनमा टाईगर टप्स नामक होटल खोलेर निकुञ्ज पर्यटनको थालनी गरे । स्मरणीय छ, हाल जिम एडवर्डस् यो भौतिक संसारमा छैनन् । वास्तवमा हाल आएर चितवन जिल्लाको सौराहा देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटनस्थल भएको छ । जहाँ हाल आएर विदेशी पर्यटकहरू मात्रै नभएर मध्यमस्तरका आय भएका नेपालीहरू पनि ठूलै संख्यामा त्यहाँ जान थालेका छन् । भलै होटल चलाउन दिने कि नदिने ?
भन्ने विवादले कहिलेकाहिँ चरम रूप नै लिने गरेको छ, चितवन राष्ट्रिय निकुञ्जमा । हुँदाहुँदा अर्बौं खर्बौं लगानी गरेर विगत लामो समयदेखि चालु रहेका होटल नै बन्द गर्ने सम्मका कुरो उठ्छ । हुन पनि नेपाल सरकारको तर्फबाट निकुञ्ज पर्यटनका लागि चाहे जत्ति सरसहयोग छैन नै, राष्ट्रले दिन सक्ने योगदान जति हो, त्यति योगदान दिन सकेको छैन । एक किसिमले भन्ने हो भने नेपाल सरकार व्यावसायीहरूबाट अनेकाँं नाम र शीर्षकमा मनग्ये कर लिन तयार छ ।
तर राज्यको तर्फबाट दिनुपर्ने न्युनतम सेवा सुविधा दिन भने दाँतबाट पसिना झार्ने लोभी मानिसजस्तै भएको छ । वास्तवमा यथार्थ कुरो नचपाई भन्ने हो भने, नीति निर्माण गर्नमा कर्मचारीतन्त्रको ठूलो हात हुन्छ । किनभने सरकार भनेको त आज एउटा राजनैतिक पार्टीको सरकार आउँछ । अझ सरकार निर्माणको सन्दर्भमा भन्नुपर्दा केही समय अघिसम्म एउटा सरकारले आफ्नो मन्त्रीमण्डल पूर्णरूपमा गठन गर्न नपाउँदै अर्को पार्टीको नेताले सरकार गठनको तयारी गर्ने गर्थे ।
हाल स्थिरताको नारा दिएको वाम गठबन्धन भनिएको सरकार आएको छ । यसले साँच्चै केही गर्ला कि महेन्द्रीय राष्ट्रवादको फोस्रो नारामा मात्रै जनतालाई अलमल्याउला ? हेर्न बाँकी छ । किनभने, पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि ‘म दाजैले जस्तो टुलुटुलु हेरेर बस्दिन !’ दक्षिणको छिमेकी (दिल्लीको साउथ ब्लकमा कार्यरत कर्मचारीहरू) देशले पनि अवश्य नै नेपालको यो सब तमासा वा भनौँ परिवर्तनहरू ‘टुलुटुलु हेरेर बसेको’ छैन होला ।
जे भए पनि हालको ओली सरकारले आगामी ५० वर्षसम्म सरकार चलाउने गरी (सकारात्मक रूपमा) काम गरोस्, केवल निकुञ्ज पर्यटन र पर्यटन मात्रै होइन, समग्र देश विकाश, सामाजिक विभेद, जातीय असमानता, भाषिक विभेद, धार्मिक विभेदजस्तो हाल नेपाललाई धर्म निरपेक्ष भनिए तापनि गाईलाई नै राष्ट्रिय जनावर मान्नु र गाई राष्ट्रिय जनावर भएकै आधारमा कतिपय आदिवासी जनजातिले मान्दै आएको धर्म, संस्कार, संस्कृति गर्दा÷मान्दा गाई वा गोरु मारेको आरोपमा २० वर्ष जेल बस्नुपर्ने ।
तर, त्यही प्रकृतिको चौँरी गाई मार्दा केवल ४० रूपैँया तिरे पुग्ने, भैँसी, बाख्री, भेडी वा भुनी सुँगुर मार्दा केही नगर्नेलगायत विभेदपूर्ण कानुन निर्माण गर्नु र लागू गर्नु । (अझैँ पनि उक्त कानुन व्यवहारमा लागू हुनु आदि) जातीय विभेद, क्षेत्रीय विभेद, लैगिंक विभेदहरू व्यवहारबाटै निर्मुल गरोस्, ओली÷प्रचण्डको गठबन्ध सरकार साँच्चै ५०÷६० वर्ष चल्नेछ ।
प्रतिक्रिया