काठमाडौँ, ४ चैत। काभ्रे जिल्लाको ऐतिहासिक, पर्यटकीय र धार्मिक महत्व रहेको क्षेत्र पोखरीनारायणस्थान तेमाल गाउँपालिकामा अवस्थित तेमाल स्वास्थ्य चौकीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल सिजर्नशील सहयोग संस्थाको आयोजना तथा नेपाल मेडिकल कलेज, जोरपाटीको प्राविधिक सहयोग तथा विभिन्न स्थानीय संघसंस्थाको समन्वयमा भएको शिविरमा नेपाल मेडिकल कलेजका निर्देशक प्रा.डा. प्रकाश पौडेलको नेतृत्वमा त्यहाँ पुगेको चिकित्सकहरुको टोलीले स्थानीय बिरामीहरुको स्वास्थ्य परीक्षण तथा चिकित्सा सेवा प्रदान गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३३ जना विरामिले स्वास्थ्य परीक्षण गरेका थिए । १ सय ५० जना महिला र ८३ जना पुरुषले आँखा रोग, प्रसुती तथा आङ खस्ने स्त्री रोग, सामान्य चिकित्सा जनरल चेकअप, हाइड्रोसिल, हर्नियाको स्वास्थ्य परिक्षण गरेका थिए ।
तेमाल गाउँपालिकामा रहेका विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न गएका सम्पूर्ण चिकित्सक टोलीलाई तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले खादा लगाई स्वागत गरे ।
स्वास्थ्य शिविर कार्यक्रममा तिमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, नारायणस्थान मा.विका प्रधानाध्यापक दिलकुमार मोक्तान, वडा नं.२ का अध्यक्ष तेमालसिंह तामाङ, समाजसेवी चन्द्रसिंह तामाङ, स्वास्थ्य चौकी संयोजक शिवहरि पाठक, ह्रेन्जेन दोर्जे कम्पनी प्रा.लि.कि शान्ति तामाङ, योङ इम्प्रेशन नेपालका अध्यक्ष इलाम लामा, सञ्चारकर्मी लगायतको उपस्थिथि रहेको थियो ।
प्रतिक्रिया