काठमाडाैं । महाराजगंगस्थित कान्ति साँस्कृतिक केन्द्र क्लबले शनिबार स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । यस पटकका स्वास्थ्य शिविरमा विशेषत आर्थोपेडिक र फिजियोका साथै रक्तदानको कार्यक्रमसमेत गरिने भएको छ । निता क्लिनिक महाराजगंज, युवा ब्यावसायीक विकास समाज नेपालसंंगको संयुक्त सहकार्यमा आयोजना हुने शिविर बिहान ९ देखि २ बजे सम्म संचालन हुने भएको छ ।
खेलकुदको क्षेत्रमा मात्र नभई सामाजिक दायित्वमा पनि स्थानिय क्लबलाई सहभागिता गराउँदै समाज सेवा र सामाजिक कृयाकलपाका माध्यमले जनमानसलाई एकिकृत गर्दै स्वस्थ नागरिक उत्पादन गर्ने र राष्ट्र निर्माणमा योगदान पु¥याउने उद्धेश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागिएको क्लबका कार्यवाहक अध्यक्ष चन्दन ढकालले जानकारी गराए ।
क्लबले यस अघि पनि विभिन्न किसिमका खेलकुद क्रियाकलापका साथै स्थानीयस्तरका व्यक्तिहरुलाई लाभ पुग्ने खालका स्वास्थ्य शिविर, जनचेतनामूलक कार्य, रोजगारमुलक तालिम तथा सरसफाईका कार्यहरु गर्दै आईरहेको छ । यसमा साथै क्लबले विगत दुइ बर्ष देखि योग शिविर पनि संचालन गर्दै आईरहेको छ । यस शिविरबाट स्थानीय वडा नं. ३ का वासिन्दाका साथै वडा नंं २ र ४ का स्थानियले पनि लाभ लिन सक्ने कार्यबाहक अध्यक्ष ढकालले जानकारी गराए ।
क्लबले यसअघि पनि जनताका प्रत्यक्ष सरोकार राख्न स्वास्थ्य शिविर जस्तै आँखा शिविर, मृगौला शिविर, मुटु रोगसम्वन्धी शिविरहरु आयोजना गरिसकेको पनि ढकालले बताए ।
प्रतिक्रिया