काठमाडौं, १८ फागुन । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् । लामो समय देखी स्वाशप्रश्वासबाट पीडीत ८२ बर्षिय अधिकारीको एकाएक स्वास्थ्यमा खराबी आएको पारिवारिक स्रोतले जनाएको छ ।
ललितपुरस्थित भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको शुक्रबारै आमाशयको सल्यक्रिया गरिने पनि स्रोतले जनाएको छ । गत वर्ष थाइल्याण्डको बैंककमा उनको उपचार भएको थियो ।
प्रतिक्रिया