नयाँ दिल्ली, १६ माघ । दिल्लीमा ८ महिनाकी बालिकामाथि आफ्नै काकाको छोरा २८ वर्षीय दाजुले बलात्कार गरेका छन् । बालिकामाथि नातामा उनका दाइ पर्ने २८ वर्षिय व्यक्तिले बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शिशु बलात्कृत भएपछि यो घटनाले बिरोधको रुप धारण गरेको छ ।
भारतको पश्चिम दिल्लीको सकुर बस्तीका एक दम्पत्तीले आइतबार विहान सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएको मौका छोपी ८ महिने शिशुका काकाको छोराले घरको अर्को भागमा लगेर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा ति युवकलाई प्रहरीले पक्राउ गरेको छ । पीडित शिशुको यौनाङ्गमा गम्भिर चोट लागेको छ र एक अस्पतालमा उपचार भइरहेको छ ।
सर्जरी गरिएको र अवस्था गम्भीर रहेको दिल्लीकै स्थानीय अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । घटना आइतबार भएको थियो तर सोमबार मात्रै बाहिर आएको थियो । प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरिसकेको छ ।
घटना उत्तर पश्चिम दिल्लीको सकुर बस्तीमा भएको हो । प्रहरीका अनुसार आइतबार बिहान पीडितकी आमाबाबु सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएका थिए । साँझ कामबाट फर्किँदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् ।
प्रतिक्रिया