माग्युटिन । चीनमा एक बालिकामाथि भएको अत्याचारको आश्चर्यजनक घटना सार्वजनिक भएको छ । एक विद्यालयका सुरक्षा गार्डलेसोही विद्यालयकी एक छात्रालाई दुई वर्षदेखि यौन शोषण गरिरहेका थिए । घटना त्यतिवेला सार्वजनिक भयो, जब उनी पाँच महिनाकी गर्भवती भइन् । उनका परिवारले उनलाई कसैगरी गर्भपतन गराएका छन् । उता प्रहरीले सुरक्षा गार्डलाई पक्राउ गरेको छ, जसको उमेर ५० वर्ष रहेको छ ।
९ वर्षमा पहिलोपटक बलात्कार
घटना म्यागुटिन सहरको हो र विद्यार्थीको नाम लेले बताइएको छ । उनी विद्यालयमा ९ वर्षको उमेरमा पहिलोपटक बलात्कृत भइन् । घटनाको खुलासा तब भयो, जब उनकी आमाले उनलाई क्लिनिकमा लगिन् । केही दिनदेखि उनलाई सञ्चो थिएन, त्यसैले आमाले उनलाई जचाउँन क्लिनिक लिएर गइन् । जाँचकै क्रममा चिकित्सकले उनी गर्भवती भएको बताए । डाक्टरले लेलेकी आमालाई उनकी छोरी गर्भवती भएको बताउँदै प्रहरी पनि बोलाए ।
परिवारजनको भिन्नभिन्न बयान
बालिकाको परिवारजनसँग प्रहरीले गर्भवतीका बारेमा बयान लिइरहेको छ र हरेकपटक उनीहरूले भिन्नभिन्न बयान दिएका छन् । परिवारजनले पहिले विद्यालयको खेल मैदानबाट उनलाई तानेर लगेर सिँढीमा बलात्कार गरेको बताएका थिए । त्यसपछि परिवारजनले एकपटक होइन, पटक–पटक बलत्कार गरेको बताए । पछिल्लोपटक परिवारजनले विद्यालयमा ती बालिकालाई एकै व्यक्तिले दुई वर्षदेखि पटक–पटक बलात्कार गरेको बताएका छन् ।
आरोपीद्वारा अपराध कबुल
प्रहरीले आरोपी विवाहित सुरक्षा गार्डलाई पक्राउ गरेको छ । सुरक्षा गार्ड लियुले पनि बालिका बलात्कार गरेको कुरा स्वीकार गरेका छन् । प्रहरीका अनुसार लेले आफ्नो कक्षाकी प्रथम विद्यार्थी हुन्, तर यो घटनापछि उनी शान्त रहँदै आएकी छन् ।
प्रतिक्रिया