बलात्कारपीडितका कपडा प्रदर्शनी


रुसेल्स । यहाँ एक यस्तो प्रदर्शनीको आयोजन गरियो, जसमा बलात्कारपीडित महिलाको कपडा देखाइँदैछ । दर्दनाक घटनाहरूको कथा बयान गर्ने यो प्रदर्शनीमा ठूलो संख्यामा मानिस जम्मा भइरहेका छन् ।

यहाँ ती कपडाहरू राखिएका छन्, जुन पीडितले आक्रमणको बेला लगाएका थिए । यो प्रदर्शनीको उदेश्य मानिसलाई हिम्मत दिनु र समाजको यस्तो खराबीप्रति घृणा उत्पन्न गराउनु हो ।

प्रदर्शनमा राखिएका १८ वटा पोसाकमा एक बालिकाको ‘माइ लिटिल पानी’ टी–सर्ट, जिन्स, ट्र्याकसुट र प्रहरी बर्दीसमेत छ । क्यान्सेजकी एक पीडितले दुर्घटनाको दौरान मनको स्थिति कस्तो थियो भन्ने पनि बताएकी थिइन् । यो प्रदर्शनीको नाम हो ‘ह्वाट आर यु वेरिंङ ।’

प्रायः मानिसहरू बलात्कारपीडितलाई सोध्छन्, ‘त्यो वेला तपाईंले कस्तो लुगा लगाउनु भएको थियो ?’ बलात्कार र लगाउने कपडामा कुनै सम्वन्ध छैन भनेर जानकारी दिन पनि यो प्रदर्शन गरिएको बताइएको छ । महिलाको लगाउने लुगा नै बलात्कारको कारण हो भन्ने सामाजिक धारणालाई चोट पु¥याउन प्रदर्शनीको आयोजना गरिएको आयोजकले बताए ।

प्रतिक्रिया