१२ वर्षीय बच्चाले पोर्नस्टारलाई मेसेज पठाउँदा . . .

एजेन्सी
पेरिस । एक फ्रेन्च पोर्नस्टारले आफूलाई १२ वर्षीय बालकले मेसेज पठाएको कुरा ट्विटरमार्फत सार्वजनिक गरेकी छन् । २८ वर्षीया निकिता बलुची नाकी पोर्नस्टारले भनिन्, ‘एक १२ वर्षीय बालकले मेसेज गरेर आफूलाई सेक्स इच्छा जाहेर गरे ।’

यति मात्र होइन, निकिताले बालकको यस्तो व्यवहारका लागि उनका आमाबाबुलाई सम्झाइन् कि, उनीहरूले बालबालिकालाई यस्ता साइटदेखि टाढा राखून् ।

निकिताका १ लाख ६० हजार ट्विटर फलोअर छन् । समाचारअुसार निकिताले ४ जना यस्ता बालकहरूको फोटो सार्वजनिक गरेकी थिइन्, जसले उनीसँग सेक्स इच्छा जाहेर गरेका थिए । एउटा बालकको यस्तो मेसेज थियो, ‘हाई, म १३ वर्ष पुग्न लागेको छु र तपाईंंको फ्यान हुँ । के तपाईंं मसँग सेक्स गर्न सक्नुहुन्छ ? प्लिज ।’

यो मेसेजलाई सेयर गर्दै निकिता लेख्छिन्, ‘१३ वर्षका केटा, आफ्नो होमवर्क गर र अब मलाई यस्तो मेसेज नपठाऊ । यदि मानेनौ भने यसको स्क्रिनसट म तिम्रा आमाबाबुलाई पठाउन बाध्य हुनेछु ।’ निकिताको यो पोष्टलाई १४ हजारभन्दा बढीले ‘लाइक’ गरिसकेका छन् ।

निकिता लेख्छिन्, ‘पोर्नोग्राफी क्रियासम्म पुग्न सजिलो छ, तर दुर्भाग्य यसमा नियन्त्रण छैन । त्यसकारण हिजोआज बच्चाहरूको यस्तो मेसेज सामान्यजस्तै भएको छ । नियन्त्रणको पूरै कमि देखिएको छ । एउटा यौनकर्मीको काम होइन, तपाईंंका बच्चा शिक्षित गर्ने । अनि सधैँ तपाईंंहरूको एउटै आरोप हुन्छ ।’ निकिताले यसअघि पनि यौनकर्मीका समस्या सार्वजनिक गर्न सामाजिक सञ्जालको प्रयोग गरेकी छन् ।

प्रतिक्रिया