१० दिनको लासबाट शिशुको जन्म !


एजेन्सी
दक्षिण अफ्रिका । मरेको १० दिनमा अन्तिम संस्कारका लागि लगिएकी एक महिलालाई देखेर मलामीहरू त्यतिखेर आश्चर्यचकित भए जतिवेला उसको शरीरबाट कात्रो हटाइयो । मलामीहरूले देखे, कात्रोभित्र बच्चाको जन्म भएको थियो । घटना दक्षिण अफ्रिकाको क्थ्यासी गाउँको हो ।

ती महिलाको स्थानीय एक अस्पतालमा १० दिनअघि नै मृत्यु भएको थियो । महिला ३३ वर्षकी थिइन् र उनको ९ महिनाको गर्भ थियो । महिलाको नाम नामवेलिसो नामासोन्तो म्दायी थियो, जो पहिल्यै पाँच बच्चाकी आमा थिइन् ।

लिंडोकुहल नामको सो शवदाह गृहका सञ्चालक फुंडिले मकरानाले सञ्चारमाध्यमलाई भने ‘यो अचम्मको घटनालाई देखेर आश्चर्यचकित भएँ ।’ उनी यो देखेर यति डराएकी जन्मिएको बच्चाको लिंग के थियो भनेर हेर्न पनि सकेनन् । उनले भने ‘म २० वर्षदेखि यो शवदाह गृहमा काम गरिरहेको यस्तो देख्नु त परै जाओस् सुनेको पनि थिएन ।’

घटना देखेर डराएका मलामीहरू छिटोछिटो गरेर महिला र बच्चालाई एउटा बाकसमा बन्द गरे र ‘दफनाए’ । ती महिलाको परिवारजनले बच्चा जन्मिएको कुराले आश्चर्यचकित हुँदै भने, ‘यस्तो घटना सुन्दा पनि डर लाग्छ ।’ महिलाकी आमाले उनको छोरीलाई श्वास लिन गाह्रो भएको केहीबेरमै एक्कासि मृत्यु भएको थियो ।

चिकित्सा क्षेत्रका विशेषत्रहरूका अनुसार यस्तो सम्भव छ । ती महिलाको पेटमा ग्यास भरिएको होस् र त्यो निश्कने क्रममा दबाबमा परेर बच्चा जन्मिएको हुन सक्छ । मर्ने मानिसको मांसपेशी शिथिल हुँदै जान्छ, यसकारण पनि बच्चा जन्मन सम्भव छ ।

प्रतिक्रिया