काठमाडौँ, ३ माघ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन ।
बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि बुधबारै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बुधबारै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा नेपाली काँग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।
प्रतिक्रिया