काठमाडौं, २१ पुस । काठमाडौंको पुरानो बसपार्क अगाडि एउछा बाइकमा अचानक आगो लागेको छ । गुडिरहेको बाइकबाट अचानक धुँवा आउन थालेपछि छेउमा रोकेलगत्तै आगो लागेको चालक राजेन्द्र कँडेलले जानकारी दिए ।
बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सरमा अचानक आगो लागेपछि दमकल आएर आगो निभाएको थियो । के कारणले बाइकमा आगो बलेको हो भन्ने यकिन हुन नसकेको बताइएको छ ।
प्रतिक्रिया