‘कान्छी’ को दोस्रो गीतमा दयाहाङ र श्वेताको रोमान्स

काठमाडौं, २१ पुस । चलचित्र ‘कान्छी’को ‘यो दिल दाउमा लगाउने’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत् सार्वजनिक गरिएको गीतको अर्जुन पोखरेलले संगीत गरेका छन् । गीतमा धर्मेन्द्र सेवानको स्वर तथा दयाराम पण्डेको शब्द छ ।

काया फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा श्वेता खड्का र शैलेस खड्काको लगानी रहेको छ । वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको यो चलचित्रको निर्देशन आकाश अधिकारीले गरेका हुन् ।

चलचित्रमा दयाहाङ र श्वेतासँगै आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, भूमिका श्रेष्ठको मुख्य भूमिका छ ।
फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सह–निर्माता रविन खड्का रहेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । हिमाल केसीको द्वन्द्व रहेको यस चलचित्रको लेखन यम थापाको रहेको छ ।

प्रतिक्रिया