उत्तेजनामा पतिको वीर्यकोष नै चुँडालेपछि . . .

एजेन्सी

ताइवान । यहाँका एक व्यक्तिले आफ्नी पत्नीसँग शारीरिक सम्बन्ध राखेको तुरुन्तै अस्पताल भर्ना हुनुपरेको छ । भयो के भने, पत्नीले उत्तेजित भएर गल्तीले पतिको अण्डकोष टोक्दा चुँडिएर अलग भएको थियो । जब एम्बुलेन्स उनको घर पुग्यो, ५१ वर्षीय वांग आफ्नो चुँडिएको अण्डकोष एउटा कचौरामा लिएर प्रतिक्षारत थिए ।

डेली खबरका अनुसार वांगकी पत्नी ४९ वर्षीया सायले उनको दाहिने वीर्यकोष टोकेर चुडालेकी थिइन् । सायले २६ डिसेम्बरको बिहान २ बजे एम्बुलेन्स बोलाएकी हुन् । एपल डेलीका अनुसार वांग एउटा कार मर्मत केन्द्रमा काम गर्छन् । धेरै वर्ष भयो, वांग र सायको विवाह भएको र यसबीच उनीहरूका दुई सन्तान पनि छन् । स्वास्थ्यकर्मीका अनुसार डराएका एक दम्पती घरको ढोकामै उनीहरूको प्रतीक्षामा थिए ।
वांगलाई तत्काल अस्पताल पुर्याइयो ।

वांगको उपचार गर्ने डाक्टर लु–ली ह्वाले भने, ‘बिरामीको घाउ निको भइसकेको छ, तर उनको दायाँ वीर्यकोष इन्फेक्सनको डरले पुनः जोड्न सकिएन ।’ डाक्टरहरूलाई फेरि वांगको वीर्यकोषले काम गर्छ कि गर्दैन भन्ने चिन्ता लागेको डा. ह्वाले बताए । अहिले वांग अस्पतालमै रहेका र उनी चाँडै निको हुने आशा गरिएको छ ।

कतिपयले भने वांगकी पत्नीको मानसिल सन्तुलन ठीक नभएकाले उनले उत्तेजनामा पतिको वीर्यकोष टोकेर चुँडालेकी बताएका छन् ।

प्रतिक्रिया