दुवै मृगौला फेल भएका बिरामीलाई मासिक ५ हजार

काठमाडौं, १३ पुस । सरकारले दुवै मृगौला फेल भएका, क्यान्सर लागेका र स्पाइनल इन्जुरी भएका विरामीलाई मासिक ५ हजार दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले त्यस्ता विरामीहरूलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्तै बैठकले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकमा काठमाडौँ विश्वविद्यालय धुलिखेल, अनुसन्धान तथा प्राविधिक विकास केन्द्रका लागि दिन लागेको एक अर्ब चार करोड अनुदान सहायता र व्यवसायिक सीप शिक्षा तथा तालिम अभिवृद्धिका लागि अमेरिकाले दिन लागेको ६ अर्ब २१ करोढ ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया