वेष्ट मोडललाई १ लाख

काठमाडौं । दक्ष मोडल उत्पादन गरी उनीहरूलाई व्यावसायिक करिअर निर्माणमा सघाउने उद्देश्य राखेर प्रतियोगिताको आयोजना गरिने भएको छ । रोयल नेपाल डटकमले १ लाख नगद राशि सहितको ‘वेष्ट मोडल अफ द इयर २०१८’ आयोजना गर्ने सोमबार एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

‘वेष्ट मोडल अफ द इयर २०१८’का लागि आवेदन खुला गरिएको जानकारी दिँदै मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउने आयोजकले जनाएको छ ।नयाँ पुस्ताका मोडललाई मोडलिङका आधुनिक ज्ञान दिलाउनुका साथै उनीहरूको प्रतिभा निखार्दै अन्तर्राष्ट्रियस्तरमा अवसर प्रदान गर्न प्रतियोगिता आयोजना थालिएको रोयल नेपालका म्यानेजिङ डाइरेक्टर प्रशान्त खड्गीले बताए ।

युवामा आत्मविश्वास जगाउँदै व्यक्तित्व विकास, तथा नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रिय स्तरको मोडल बन्न प्रतियोगिताले सहयोग पु¥याउनेले खड्गीले दाबी गरे । १६ देखि ३२ वर्षका युवायुवतीहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

पहिलो चरणको अडिसनबाट छानिने प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले ¥याम्प, व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, फोटो सेसन, स्टेज पर्फमेन्सलगायत विषयमा प्रशिक्षण दिने खड्गीले बताए । प्रतियोगितामा शीर्षसहित आधा दर्जन उप–विधामा प्रतिस्पर्धीलाई पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताका शीर्ष बिजेताले १ लाख नगदसहित चलचित्र, विज्ञापन र अन्तर्राष्ट्रिय फेसन ‘सो’मा सहभागी गराइनेछ । सौर्य समाचार

प्रतिक्रिया