काठमाडौ । छैटौँ दी एक्सेलसियर कप अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर छात्र बास्केटबल तथा सिनियर छात्र फाइभ ‘ए’ साइड फुटबलमा आयोजक दी एक्सेलसियर क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएकोे जुनियर छात्र बास्केटबलको खेलमा आयोजक दी एक्सेलसियरले इलाइट को–एडलाई २८–१४ को स्कोरमा हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको छ । आयोजकको जितमा आयुष तामाङले सर्वाधिक १२ स्कोर गरे ।
सिनियर छात्र फाइभ ‘ए’ साइड फुटबलमा दी एक्सेलसियरले न्यु अरुणोदयलाई ८–२ गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा स्थान बनायो । आयोजकका लागि धीरज जोशीले ३ गोल गर्दा कर्मा निमा गुरुङ र निमेश गौतमले समान २ गोल गरे ।
सिनियर छात्रको फाइभ ‘ए’ साइड फुटबलमा ब्राइटफ्युचरले राजश्री गुरुकुललाई ८–२ गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनायो । सिनियर छात्रमा स्किब्सले अराकललाई ३–१ गोलले हरायो ।
काब्यले स्वर्णिमलाई ७–१ गोल अन्तरले रोक्यो । ओम ज्ञानमन्दिरले राजन मेमोरियललाई ३–० गोलले स्तब्ध बनायो । सौर्य समाचार
प्रतिक्रिया