नवाजुद्दिन बने बाल ठाकरे

नयाँ दिल्ली । शिव सेनाका संस्थापक बाल ठाकरेको कथामा बनेको बायोपिक चलचित्रमा नवाजुद्दीन सिद्दिकी देखापर्ने भएका छन् । यस चलचित्रमा नवाजुद्दिन नयाँ लुकमा देखिदैंछन् । उर्दू लेखक मन्टोले लेखेको ठाकरेको बायोपिकको टिजर रिलिज भएको छ । टिजरमा नवाजुद्दिन ठाकरेको भेषभूषामा निकै जमेको समीक्षकहरूले बताएका छन् ।

अभिजित फान्सेले निर्देशन गरेको ‘ठाकरे’ नामक उक्त चलचित्रलाई सञ्जय राउतले प्रस्तुत गरेका हुन् । चलचित्रको टिजरको सुरुवात् दंगाबाट देखाइएको छ । एक जना बच्चा रोइरहेको दृश्य अगाडि एउटा पेट्रोल बम विस्फोट हुन्छ । त्यसको लगत्तै दंगा भड्किएको दृश्य देखाइएको छ । सिद्दीकी बाल ठाकरेको शैलीमा जनसभामा नमस्कार गर्दै प्रस्तुत भएका छन् ।

प्रतिक्रिया