नेपाली चेलीको लज्जास्पद हार

काठमाडौं । बंगलादेशमा भएको साफ यू–१५ महिला फुटबलमा नेपालले खराब सुरुआत गरेको छ । बंगलादेशको ढाकामा भएको उद्घाटन खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ६–० को फराकिलो अन्तरले स्तब्ध भएको हो । नेपालमाथि गोल वर्षाउने क्रममा बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् ।

अनुचिङ मोगिनीले २ तथा मोनिका चाक्माले १ गोल गरिन् । नेपाल र बंगलादेशसँगै भारत र भुटानको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले दोस्रो खेल मंगलबार भारतसँग र तेस्रो खेल बिहीबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया