मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि शुरु

ललितपुर, २९ म्ंसिर । ललितपुरको सैंबु भैँसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गौलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी शुरु भएको छ ।

‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि हो ।

नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल नेपालमा प्रयोगमा रहेका अन्य इएसडब्लुएल मसिनको तुलनामा पथरी फुटाउने क्षमता बढिरहेको छ ।

अत्याधुनिक यस मिसिनको प्रयोगबाट मिर्गौलाको पथरी फुटाउँदा अन्य मेसिनभन्दा बिरामीलाई दुखाई कम हुने, मिर्गौलामा पनि कम चोट लाग्ने र विकीरणले पुर्याउने हानीसमेत कम हुने नेपाल मेडिसिटी अस्पतालका युरोलोजी विभागका प्रमुख डा. महेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

मेडिसिटीले ल्याएको विश्वस्तरीय इएसडब्लुएल मेसिनको बारेमा जानकारी दिँदै उनले भने, ‘‘यस मेसिनमा अल्ट्रासाउन्ड र फ्लोरोस्कोपी जस्ता प्रविधि जडित भए पनि हाल बजारमा उपलब्ध रहेका अन्य सेवा प्रदायककै शुल्कको हाराहारीमा मेडिसिटीले यो उपचार सेवा प्रदान गरिरहेको छ ।’’

नेपाल मेडिसिटी गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उद्देश्यसहित सञ्चालित अन्तर्राष्ट्रियस्तरको अस्पताल हो ।

प्रतिक्रिया