बाराको बसतपुरमा आगलागी, २० लाखको क्षति

बारा, २७ मंसिर । बाराको कलैया उपमहानगरपालिका-२० बसतपुरमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ । ५ जनाको लागेको घर र दुइजनाको धान गरि करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको हो ।

कलैया उपमहानगरपालिका-२० स्थित बसतपुरमा परालमा लागेको आगोले स्थानिय मनोज साह तेलि, जोखन ठाकुर लोहार, धनधारी मण्डल, रामसुन्दर मण्डल, बिरेन्द्र मण्डल लगायतका घर जलेर नस्ट भएको छ भने स्थानिय भिखारी साह तेलि र हिरालाल साह धानुकको करीब २ लाख बराबरको धान जलेर नस्ट भएको बारा प्रहरीले जनाएको छ ।

बुधबार लागेको आगो बिरगंज महानगरपालिक, जितपुर, अमलेखगञ्जबाट गएको बारूण यन्त्रको सहयोगमा दिउँसो ०३ः३० बजे आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

आगलागीमा मानवीय क्षति नभए पनि लत्ताकपडा, नगद सहित करीब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया