मड्रिड र बार्सिलोनालाई चुनौती

बसेल २६ मंसिर । यस सिजनको च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको ड्र सार्वजनिक भएको छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए)ले गरेको ड्रअनुसार साविक विजेता स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

अर्को स्पेनिस क्लब बार्सिलोनालाई पनि तुलनात्मक रूपमा बलियो प्रतिस्पर्धी परेको छ । बार्सिलोनाले अन्तिम १६ मा इंग्लिस क्लब चेल्सीको चुनौती सामना गर्दै छ ।

अन्तिम ८ मा स्थान बनाउनका लागि इटालियन क्लब युभेन्टसले इंग्लिस क्लब टोटनह्याम, म्यानचेस्टर सिटीले एफसी बासेल, लिभरपुलले एफसी पोर्टो, म्यानचेस्टर युनाइटेडले सेभिल्ला, रियल मड्रिडले पिएसजी, रोमाले शाख्तर डोनेस्क, बार्सिलोनाले चेल्सी तथा बार्यन म्युनिखले बेसिक्टाससँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

प्रतिक्रिया