काभ्रे बन्यो वाम किल्ला


शुकदेव थपलिया
काभ्रे, २६ मंसिर । २१ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काभ्रे जिल्लाको २ क्षेत्रसहित ४ रैै प्रदेशको मत परिणामले सबै क्षेत्रमा वाम उम्मेद्वारहरू विजयी भएका छन् ।

काभ्रे जिल्ला वामहरूको किल्ला बन्दै नयाँ इतिहाँस राखेको छ । काभ्रेको विकट मानिने डाँडापारी, कोसीपारि र तिमालको मतपेटिका ओसारपसारमा ढिला भएको र मतपेटिकाहरू हेलिकोप्टरबाट शुक्रबार दिउँसो सदरमुकाम धुलिखेल ल्याइएको थियो ।

शुक्रबार बेलुका ७ बजेबाट गन्न सुरु भएको मत परिणामले शनिबार दिनभर र साँझ सम्मको सबै मत विवरणहरू हेर्दा नै वाम किल्ला बन्ने संकेत देखाई सकेको थियो । काभ्रे जिल्लाको प्रत्यक्ष निर्वाचन तर्फको अन्तिम नतिजा आईपुग्दा पनि सो आंकलन मिलेको छ । काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ वाम गठबन्धनका उम्मेद्वार (माओवादी केन्द्र)का गंगाबहादुर दोङ(बमध्वज) विजयी भएका छन् । उनले ४३ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् भने उनका निकत्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्र्व सांसद तिर्थ लामाले ३९हजार ६ सय ५ मत प्राप्त गरेका छन् ।

यस्तै सो क्षेत्रको प्रदेश सभा (१) तर्फका वाम गठबन्धनका उम्मेद्वार रत्न ढकाल (माओवादि केन्द्र) ले २५ हजार १ सय ६ मत प्राप्त गर्दै विजयी बने उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका सिबी लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गर्दे उपविजेता बने । यस्तै सो क्षेत्रको प्रदेश सभा (२)मा वाम गठबन्धनका साझा उम्मेद्वार चन्द्र लामा (एमाले)ले २४ हजार ४सय ४७ मत ल्याएर विजयी बने भने उनका निकत्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका (लोकत्रान्त्रिक गठबन्धन) का साझा उम्मेद्वार गणेश लामाले २० हजार २ सय ७० मत प्राप्त गर्दै उपविजेता बनेका छन् ।

यस्तै, काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फका वाम उम्मेद्वार गोकुल बांसकोटा (एमाले) ले ५४ हजार ४ सय २७ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका निकत्तम प्रतिद्वन्दी कांग्रेस काभ्रेका सभापतिसमेत रहेका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेर उपबिजेता बने । काभ्रेमा निकै फराकिलो अन्तरले जित्नेमा पनि गोकुल बाँस्कोटा नै पर्छन उनको आचार्यको मत भन्दा १७ हजारले बढी छ ।

यस्तै सो निर्वाचन क्षेत्रको प्रदेश सभा (१)मा पनि वाम गठबन्धनका उम्मेद्वार लक्ष्मण लम्साल (एमाले)ले २७ हजार ६ सय २१ मत प्राप्त गर्दै विजेता बने भने उनको निकत्तम प्रतिद्वन्दी कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गर्दै उपविजेता बने । यस्तै सो निर्वाचन क्षेत्रको प्रदेश सभा (२)मा पनि वाम गठबन्धनका उम्मेद्वार बसुन्धरा हुमागाई (एमाले) ले २८ हजार ६ सय ७७ मत प्राप्त गर्दै विजेता बनिन् भने उनको निकटम प्रतिद्वन्दी कांग्रेसका पुर्व सांसद समेत रहेका कञ्चन चन्द्र बादेले २१ हजार ७ सय ८० मत प्राप्त गर्दै उपविजेता बनेका छन् ।

काभ्रेको कुल मतदाता २ लाख ७२ हजार २ सय ९२ मध्ये २१ गतेको निर्वाचनमा १ लाख ९४ हजार ९ सय ६२ मत खसेको थियो । समग्र जिल्लाको ६ वटै पदमा वाम गठबन्धनले विजयी हाँसील गरेपछि यतिबेला काभ्रेमा विजयी जुलस स्वरूप ¥यालीहरू निकाली बनेपा, धुलिखेल, पाँचखाल, तिमाललगायतका ठाउँमा आफ्नो मतदाता सामु निर्वाचित भएका सबै वाम उम्मेदवारहरू पुग्न थालेका छन् । उपविजेता बनेका कांग्रेसका उम्मेदवारहरूले पनि आफ्नो मतदातालाई सामाजिक सञ्जालबाट धन्यवादसहित आभार प्रकट गरेका छन् ।

निर्वाचन कार्यालय काभ्रेले प्रत्यक्ष तर्फको मत गणना सकिएको भन्दै अब समानुपातिकतर्फको मत गणना गर्न थालिने बताएको छ । सोमबार बिहानै काभ्रे कांग्रेसका चुनावी कमाण्डरसमेत बनेका हुमागाँइले पत्रकार सम्मेलन गर्र्दै सबै विजयी उम्मेद्वारलाई धन्यवाद ज्ञापन गरेका छन् भने आफ्नो पक्षमा आएको मतको सम्मान गरिने र प्रतिपक्षमा बसेर पनि रचनात्मक सुझाव दिँदै एकै साथ अगाडी बढ्ने बताएका छन् ।

प्रतिक्रिया