इलाम प्रतिनिधि सभा २ मा नेम्बाङको अग्रता बढ्दै

राम योङहाङ इलाम, २३ मंसिर । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेद्वार पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको अग्रता बढेको छ ।

पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार नेम्बाङले १३ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले ९ हजार १ सय ७१ प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया