नागाल्यान्ड बाइक फेस्टिबलमा आर्मीद्वारा शीर्ष ३ स्थान कब्जा

काठमाडौं । भारतमा भएको नागाल्यान्ड माउन्टेन बाइक फेस्टिबलमा नेपाल आर्मीका खेलाडीले पहिलो, दोस्रो र तेस्रो स्थान नै क्लिन स्विप गरेका छन् । बिहीबार भएको क्रसक्रन्टी २५ किलोमिटर साइक्लिङमा आर्मीका हिमाल टमटा च्याम्पियन भए ।

आर्मीकै अशोक वज्रचार्य दोस्रो हुँदा दीपक भण्डारी तेस्रो भएको सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो प्रतियोगितामा नेपाल, भारत तथा भुटानका गरी ७५ जना खेलाडीले प्रतिस्पर्धा गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया