मदनकृष्णको ‘महको म’ विमोचन अमेरिकामा

बाल्टिमोर, १२ कात्तिक । अमेरिकामा वरिष्ठ हास्यव्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठको जीवनी सम्बन्धी लेखिएको ‘महको म’ पुस्तक विमोचन गरिएको छ ।

अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ बर्ष पहिले नेवा संस्कृति, भाषा,कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपास् पासा पुचः अमेरिकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औं वार्षिक उत्सवमा उक्त पुस्तक बिमोचन गरिएको हो ।

नेवा संस्कृतिको जगेर्ना गरौं भन्ने नारा बोकेको संस्थाले आफ्नो वार्षिक उत्सवमा प्रकाशित स्मारिका दबु पत्रिकाको बिमोचन गर्नुको साथै ‘महको म’ पुस्तकको पनि बिमोचन गरिएको ।

अमेरिकामा रहेकी उनकी सुपुत्री सराना श्रेष्ठले बूवाको पुस्तक निकै चर्चा परिचर्चामा रहेको भन्दै अमेरिकामा पनि बिमोचन हुन पाएकोमा हर्ष व्यक्त गरिन् । उनले एनपीपीएका अध्यक्ष सरोज प्रजापतिले मौका दिएकोमा धन्यवाद दिइन् ।

नेपालबाट कलाकार मदन कृष्ण श्रेष्ठ श्रब्य दृश्य (भिडियो) बाट नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ वार्षिक उत्सवको शुभकामना संदेश दिएका थिए ।

आफ्नो पुस्तक आफुले भोगेका, जीवनका उतार चढाव, बाल्यकालका कुराहरू, राम्रा क़ुरा र नराम्रा कूराहरू, सफलता असफलता आदिले समेटिएको छ भन्दै राखेको भिडियो मार्फ़त बोलेका थिए ।

उनले नेपालमा पनि निकै राम्रो बिक्रि भइरहेको जनाएका थिए । प्रत्यक्ष प्रसारण मार्फत बोल्न प्रयास गरिएता पनि अमेरिका र नेपालको समय फरकको कारण भिडियो देखाइएको थियो ।

नेपाल सम्बत् ११३८ तथा २६ औ वार्षिकोत्सव नेवास् प्रसिद्ध खाजा समय बजी खुवाइए पछि औपचारिक कार्यक्रम सूरू भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका आर्थिक सल्लाहकार कैलाश पोख्रेलले महिला अध्यक्ष सरोज प्रजापतिको कामको प्रशंसा गर्दै एनपीपीएमा महिलाहरू निकै क्रियाशील रहेको बताए ।

यसै गरी नेवा समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दूत बासव राजोपाध्यायले तन्त्र महिला प्रधान हुन्छ भने बेद पुरुष प्रधान हुने बताए । नेपास् पासा पुचः अमेरीकायका संस्थापक राम मालाकार बिदेशमा नेवास् संस्कृतिका पीता हुन् भनि मुक्त कण्ठले प्रशंसा समेत उनले गरेका थिए ।

संस्थाकि अध्यक्ष सरोज प्रजापतिले स्वागत गर्दै आफूले ४ वर्षसम्म सँस्थामा काम गरेको अनुभवको बारेमा बोलेकी थिइन् । गत वर्ष २५ औं वार्षिक उत्सव ऐतिहासिक रहन पुगेको चर्चा गर्दै आफ्नो नेतृत्व कालमा सबैको बिशेष सहयोग रहेको बताइन् ।

२६ औं वार्षिक उत्सवदेखि आफ्नो कार्यक्रम समाप्त भएता पनि पद मात्र सकिएको भन्दै आफू सदैब एनपीपीएसँग आबद्ध रहने बताइन् आगामी २०१७–२०१९ सम्मको लागि राजु जोशी अध्यक्ष तथा अन्य पदाधिकारीहरु अन्य पदमा सर्बसम्मतीबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया