दुई हप्तादेखि फैलिएको रोघाखोकी, ज्वरो नियन्त्रणमा

रसुवा, २१ भदौ । नौकुण्ड गाउँपालिकामा गत दुई हप्तादेखि फैलिएको रोघाखोकी, ज्वरो नियन्त्रणमा आएको छ ।

जिल्ला जनस्वाथ्य अधिकृत वसुन्धरा शर्माकाअनुसार नौकुण्ड गाउँपालिका-१ को लाङवुथाङडोर सिङबन्दीलगायतका गाउँमा ज्वरोको समस्याले तीन सय भन्दा बढी नागरिक बिरामी परेको सूचना प्राप्त भएपछि औषधिसहितको स्वाथ्यकर्मी परिचालन गरेर रोग नियन्त्रणमा ल्याइएको हो ।

बिरामीको उपचारका लागि चाहिने औषधि स्थानीय स्वास्थ्य चौकीमा नपुगभएपछि गाउँपालिकातर्फबाट रु एक लाख ५० हजार मूल्य बराबरका खरिद भएको प्रत्यक्ष नुर्पू साङ्बो घलेले बताए ।

रोगबाट बच्नका लागि सचेत रहन, चर्पीमा मात्र दिशापिसाब गर्न, साबुन पानीले हात धुन, बासी नखान र पानी उमालेर मात्र खान सबैमा आग्रह गरिएको जिल्ला स्वाथ्य कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया