बाढीपीडितको लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर

राजविराज, २१ भदौ । नेपाल परिवार नियोजन सङ्घ सप्तरी शाखाले स्थानीय सकरपुरामा बाढीपीडितका लागि तीनदिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर गरेको छ ।

शाखाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सञ्चालित सो शिविरमा ५५६ महिला तथा बालबालिकाको उपचार गरिएको थियो । शिविरमा डा. सञ्जीव झाको नेतृत्वमा डा. पुष्पा चौधरीसहित तीनजना महिला विशेषज्ञ सहभागी थिए ।

शिविरमा सरसफाइसम्बन्धी जनचेतनाका साथै सुत्केरीसामग्रीसमेत वितरण गरिएको सङ्घका सभापति अजितकुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया