आरन छोड्न नसकेका नरबहादुर

ARAN ARANबटौली । नयाँनयाँ प्रविधिको विकाससँगै आरन पेसा ओझेलमा पर्दै गए पनि नरबहादुर विक आफ्नो पुर्खौली पेसालाई छाड्न सकेका छैनन् । आधुनिक जमनाले क्रमशः आरन पेसालाई छोड्दै गए पनि नरबहादुरलाई आफ्नो पुर्खौली पेसा सबैभन्दा प्यारो लागेको छ ।

आफ्नो पेसाप्रति प्रतिबद्ध रहेका तिलोत्तमा–२ तपहाका ७२ वर्षीय विक बिहानदेखि साँझसम्म आरन चलाएर जीविका चलाउँदै आएका छन् । तपहा नहरको सानो खरले छाएको सामान्य झुपडीमा बिहानदेखि साँझसम्म आरन चलाउने उनको दैनिकी बनेको छ । तपाहमा नरबहादुरले ०४० सालदेखि लगातार आरन पेसा चलाउँदै आएका छन् ।

१४ वर्षको उमेरदेखि आरन चलाएर फलामको काम गर्दै आएको बताउने ७२ वर्षीय वृद्ध नरबहादुरले तिलोत्तमा नगरपालिकाको तपहामा बसेर १० वर्षसम्म बालीघरे गरेको बताउँछन् । ०५० सालदेखि व्यावसायिक रूपमा आरनको काम गर्दै आएका नरबहादुरले आफ्नो पेसा राम्रोसँग चलेको बताउँछन् ।

०२ सालमा स्याङ्जाको गुरुङ्दीमा जन्मेका नरबहादुरले ०४० सालदेखि शंकरनगरमा आरने पेसाबाट १६÷१७ जना परिवार हुर्काएका छन् । सबै छोराछारीको पढाइ, लेखाइ र विवाह पनि आरनकै पेसाबाट सम्पन्न भएको नरबहादुर बताउँछन् । बिहानदेखि साँझसम्म फलामका भाँडा बनाउन हातखाली राख्न नपर्ने ७२ वर्षीय नरबहादुर आजभोलि दैनिक ४ सयदेखि ५ सयसम्म कमाउने गरेका छन् ।

बाउबाजेका पालादेखिको पेसालाई मुख्य पेसा बनाउँदै आएका उनी आफ्नो पुर्खौली पेसाप्रति खुसी छन् । १४ वर्षको उमेरदेखि आपूmले गर्दै आएको आरन चलाउने पेसा छोरानातिले छोडे पनि उनले आफ्नो पेसालाई छोड्न सकेका छैनन् । उमेरले वृद्ध भए पनि उनले व्यावसायिक रूपमा चलाएर जीविका चलाउँदै आएका छन् ।

प्रतिक्रिया