मृतक परिवारलाई नगद हस्तान्तरण

इटहरी, १४ भदौ । अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही रु दुई लाखका दरले रु १६ लाख प्रदान गरिएको छ ।

बाढीमा परेर मृत फेला परेका १२ जनामध्ये दुई जनाको सनाखत हुन नसकेकोे र अन्य दुई जनाका आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरुले प्राप्त गर्ने राहत रकम उपलब्ध हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरी सरकारका तर्फबाट बाढीबाट घरबारविहीन बन्न पुगेका तीन हजार परिवार तथा विस्थापित भएका २० हजार घरपरिवारलाई आपत्कालीन राहतबापत चामल-च्युरा-नून-तेल-चाउचाउ लगायतका सामग्री पनि वितरण गरिएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

हङकङ बसोबास गर्ने इटहरीको तरहरीबासीले तरहरा हङकङ मञ्चका तर्फबाट आठ जनाका परिवारलाई जनही रु ४० हजारका दरले रु तीन लाख दुई हजार नगद सहयोग उपलब्ध गराइएको गरेको मञ्चका संयोजक नवीन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया