कास्कीमा १० हजार बढी उद्योग सञ्चालनमा

पोखरा, १३ भदौ । कास्कीमा १०,६३८ उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालकाअनुसार उत्पादनमा तीन हजार ५१५, कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात पर्यटनमा तीन हजार १९० र सेवामूलकमा दुई हजार ९२६ उद्योग सञ्चालन भइरहेका छन् ।

उद्योगले उपलब्ध गराएको दर्ता विवरणकाआधारमा यी उद्योगबाट १३ हजार ५६ जनाले रोजगारी पाएका छन् । आव २०७३/७४ मा मात्रै ९८० वटा नयाँ उद्योग दर्ता भएका छन् ।

दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकमा १७४, पर्यटन ४०१, सेवामूलक २३७ र कृषि तथा वन पैदावरमा आधारित १६८ उद्योग दर्ता भएको सूचना अधिकारी ढकालले बताए ।

यी सबै उद्योगमा करिब रु चार अर्ब ७१ करोड दुई हजार २०५ पुँजी लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रतिक्रिया