‘पाठशाला’ बजारमा

pathshala-and-tirtha-gurung-photo_aUrfd9Ug58
काठमाडौं १३ भदौ । किशोरवस्थाको विषयमा केन्द्रीत रहेर पोखरेली साहित्यकार तीर्थ गुरुङको उपन्यास प्रकाशित भएको छ । उपन्यास शनिबार बुकहिल प्रकाशनले बजारमा ल्याएको हो । उनका दुवै मिर्गौला फेल भएपछि साहित्यिक क्षेत्रमा सक्रिय हुन सकेका थिएनन् । साहित्यकार रोशन शेरचन भन्छन् ‘पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्न सकेको छ ।’

अहिले लेखिएका नेपाली उपन्यासभन्दा पाठशाला फरक रहेको कवि भूपिनले बताए । आफ्नो जीवन बोनसको रूपमा प्राप्त गरेपछि साहित्यलाई सुम्पिन पाएकोमा गर्वबोध भएको बताए । बुकहिलका प्रकाशक भूपेन्द्र खड्काले भने, ‘पाठशालाले किशोरदेखि प्रौढसम्म र समकालीन युवायुवतीको मनोविज्ञान तथा स्वभाव बुझ्न सघाउ पु¥याउने विश्वास लिएका छौँ ।’

प्रतिक्रिया