पश्चिम भारतमा ट्रक र जीप ठोक्किदा एघारको मृत्यु

Accidentनयाँ दिल्ली ११ भदौ । पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको एक सडक दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ ।

ट्रक र जीप एकआपसमा ठोक्किँएर भएको यस घटनामा एघारको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाकारी दिएको छ ।

गुजरात राज्यको प्रान्तीय राजधानी गान्धीनगरबाट ३६४ किलोमिटर दक्षिणमा पर्ने बोताद जिल्लामा यो घटना भएको थियो । यस घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको छ ।

भारतमा मर्मत नगरिएको सडक , क्षमता भन्दा बढी यात्रु सवार र चालकले खतरायुृक्त रुपमा सावारी साधन चलाउनु नै बारम्बार दुर्घटना हुनको प्रमुख कारणहरु रहेका छन् ।

भारतमा गत बर्ष भएका सडक दुर्घटनाहरुमा करिब एक लाख ५० हजार व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१५ मा १ लाख ४६ हजार १३३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया