प्रधानमन्त्री देउवाले गरे बोधगया दर्शन

deuwa

बोधगया, ११ भदौ । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन् ।

बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो । प्रधानमन्त्री देउवा शनिबार बोधगया पुगेका हुन् ।

प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल आइतबार अपराह्न ३ बजे एयर इन्डियाको विशेष चार्टर्ड विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ ।

नयाँदिल्लीमा आयोजना हुने विशेष बिदाइ समारोहपछि प्रधानमन्त्री देउवा आइतबारै बेलुका स्वदेश प्रस्थान गर्छन् ।

प्रतिक्रिया