नेपाल बुझ्नलाई नेपालको माटो पढ्नुपर्छ

jiwan rai2भोजपुर जिल्लाको होम्ताङमा जन्मिएका जीवनप्रसाद राई कृषि पर्यटन अभियन्ता हुन् । सामाजिक परिचालन, कृषि प्रविधि र ग्रामीण विकासको व्यावहारिक पाटो बुझेका राई कृषि पर्यटनको अभियान लिएर देशैभरि घुम्ने पहिलो अभियन्ता हुन् । कृषिसम्बन्धीका विज्ञ तथा लेखक पनि भनेर चिनिन्छन् । राई ग्रामीण विकासमा कृषिको आधुनिकरण र व्यावसायीकरण एवं नेपालको समृद्धिमा कृषि पर्यटनबारे गम्भीर चिन्तन गर्ने राई राजनीतिशात्रमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक र कृषि प्राविधिक पनि हुन् । कृषि पर्यटनले नेपाल विश्वको समृद्ध मुलुक बन्नेमा विश्वस्त राईले स्वदेशका पचहत्तरै जिल्ला र आधादर्जन विकसित मुलुकको भ्रमण गरिसकेका छन् । राईले यसै क्षेत्रलाई केन्द्रमा रही झन्डै डेढ दर्जन पुस्तकहरू प्रकाशित छन् । उनै जीवनप्रसाद राईसँग कृषि पर्यटन र लेखनको विषयमा केन्द्रित रही सौर्यकर्मी केशव भट्टले गरेको कुराकानी ।

भर्खरै बजारमा आएको यहाँको पुस्तक ‘देश किन बनेन’ मार्पmत के सन्देश दिन खोज्नुभएको हो ?
मुख्य कुरो म कृषि पर्यटन अभियन्ताको नाताले मैले राजनीतिक र जातीय कुराभन्दा पनि पुस्तकमा कृषि र पर्यटनसँग सम्बन्धित विषयवस्तु र कृषि क्षेत्रमा भएका केही गलतपद्धतिहरूको खण्डन गरेको छु । म कृषि पर्यटन अभियन्ता भएर ७ वर्षको देश दौडाहमा जाँदा जे देखे जे भोगे तिनै कुराहरू यसमा लेखेको पनि छु । यसमा ग्रामीण भेगका जनताको जनजीवन, कृषिमा भइरहेका परिवतर्नहरू तथा प्रविधि र पर्यटनमा भइरहेका प्रयासहरू गतिला छन् । तर, ती प्रयासहरूसँग जब म काठमाडौं जोड्न खोज्छु । तब काठमाडौं धेरै फरक भएको पाउँछु । काठमाडांैले नेपालको वास्तविक परिवेश चिन्दैन भन्ने मेरो बुझाइ छ । यी यस्तै कुराहरू तथा देश बन्न नदिने तत्वहरू बारे खुलाएर पुस्तकमा लेखेको छु । साथै हरेक ठाउँमा बोल्ने गरेको पनि छु ।
यहाँ माथिल्लो ओहदामा बस्नेहरूले संसार घुमेका होलान् । युरोप अमेरिकाको शिक्षा पढेका होलान् तर नेपाल पढ्न, घुम्न र बुझ्न सकेका छैनन् । नेपाल बुझ्नलाई त नेपालको माटो परिवेश पढ्नु प¥यो, घुम्नु प¥यो । यहाँ बस्नु प¥यो, जब मान्छेले देश चिन्छ, तब देश बनाउन भूमिका खेल्न सक्छ । यस पुस्तकमार्फत मैले कृषि पर्यटनबाट पनि यो देशलाई समृद्ध बनाउन सकिन्छ । नीति निर्माण तह र गाउँस्तरको बीचमा जुन ठूलो भिन्नता छ, त्यो भिन्नता कम गरेर राज्यले गाँउगाँउबाट भएका जनताका सकारात्मक प्रयासहरूलाई सार्थक बनाउन पहल गर्ने हो, भने देश समृद्ध हुन धेरै समय लाग्दैन ।
यो पुस्तक मेरो भोगाइमा आधारित छ । कसरी बन्छ त देश भनेर केही उपायहरू पनि समावेश गरेको छु । कृषि र पर्यटनलाई जोडेर हेर्दा देश बन्ने बारे विचारको प्रतिनिधित्व गरेको छ । ग्रामीण भेगका पहुँचविहीन जनताले नेपाल बनाउन देखेका सपनाहरू राज्यले बुझ्नुपर्छ । लगायतका तथ्यपूर्ण कुराहरू यस पुस्तकमार्पmत उठान गरेको छु ।

तपार्इंका प्रकाशित कृतिहरूका बारेमा पनि केही बताइदिनु हुन्छ कि ?
मेरा लगभग १६ वटा कृति प्रकाशित छन् । त्यसमा आधाभन्दाबढी कृषिसँग सम्बन्धित छन् । आधाजति पुस्तकहरू कृषि र पर्यटन क्षेत्रलाई कसरी उत्प्रेरित गर्न सकिन्छ भन्ने कुराहरू समेटिएका छन् । उत्प्रेरित भन्नाले कृषिमा कसरी उत्साह ल्याउने, कसरी व्यावसायिक बनाउने, कसरी आमजनताको सहभागिता बढाउन सकिन्छ भन्ने कुराहरू हुन् । साथै केही पुस्तक नेपालको कृषिको व्यावसायीकरणबारे पनि लेखेको छु ।

jiwan raii

यहाँको लेखन यात्रा कहिलेदेखि सुरु भयो ?
आफ्ना भनाइहरू अरूसमक्ष पु¥याउँ भनेर लेख्ने खुब रहर जाग्थ्यो एउटा लेखेँ अर्को लेखौँलेखौँ हँुदै गयो । मैले धेरै पुस्तक पढेँ कृषिमै केही रुचि थियो यसप्रति नै कलम चलाउन मन लग्यो । मेरो लेखन यात्रा ०५५ सालदेखि चेष्टा साप्ताहिकमा विभिन्न लेख लेखेर पठाउँदादेखि सुरु भएको हो ।

तपाईंले भर्खरै सुदूपश्चिमको यात्रा सक्नुभयो, कस्तो छ सुदूपश्चिमको कृषि र पर्यटनको अवस्था ?
राज्यले साँच्चीकै सुदूर बनाएरै राखेको रहेछ । काठमाडौंको आँखाले सुदूर देखिए पनि त्यो ठाउँ साच्चिकै सुन्दर तथा सम्भावनायुक्त रहेछ । त्यहाँको कृषियोग्य भूमि, शिक्षादीक्षा, कृषि पर्यटन, सांस्कृतिक पर्यटन तथा पर्वतीय पर्यटनको हिसाबले अत्यन्तै धनी रहेछ । त्यो भ्रमणबाट मैले अभैm के प्रमाणित गर्न सके भने कृषि नै सबै कुराको मूल जरो हो । कसरीभन्दा कृषिकै उत्पादनले सबथोक चलेको छ । कृषिको उत्पादन नहुने हो भने मानवजीवन सम्भव छैन । त्यसकारण कृषिलाई पर्यटन र सस्ंकृतिसँग जोडेर विकास गर्नुपर्दछ ।

सुदूपश्चिम भ्रमणको क्रममा मैले बाजुराको जैतुनखेती बारे अध्ययन गरेको छु । डोटीमा जोरायल बासमती र काठमाडौं बासमतीको पनि अवलोकन अध्ययन गर्ने मौका पाएँ, साथै दार्चुलाका हिमाली भेगमा उत्पादन हुने अल्लो लगायतका जडीबुटीहरूको समेत अध्ययन गर्ने अवसर पाएँ । त्यसैगरी कैलालीमा नेपालकै ठूलो र पुरानो त्रिभुवनदेव भट्टको अम्बाखेती पनि हेर्ने अवसर पाएँ । यसैगरी त्यो क्षेत्रका सुन्दर स्थानहरू पनि रहेका छन् । तिनको पनि अवलोकन गर्ने मौका मिल्यो । यस्ता ठाउँहरूलाई पर्यटनको गन्तव्यको रूपमा विकास गरी त्यहीँको कृषि उत्पादनलाई प्रयोगमा ल्याउने हो भने अभैm यो ठाउँ सुन्दरसँगै समृद्ध हुने मैले आँकलन गरेको छु ।

यसरी घुम्नका लागि आर्थिक पाटो कसरी जुटाउनु हुन्छ ?
यो महत्वपूर्ण पाटो हो । मेरो यो अभियानभित्र ठूलो कहानी छ । त्यो समय आएपछि सबैले थाहा पाउनेछन् । तर, संक्षिप्तमा भन्ने हो भने यो अभियानका लागि मैले सरकारी तथा अन्य निकायबाट कुनै रकम लिएको छैन । यो मेरो व्यक्तिगत लगानी हो, यसकै कारण मलाई ऋण पनि लागेको छ । कृषि पर्यटन भएर समृद्ध मुलुक भएको हेर्न चाहना छ ।

jeewan raaii

लेखन र भ्रमणबाट मात्र कृषि पर्यटन सम्भव छ त ?
लेखनमा ठूलो शक्ति हुन्छ । समाज परिवर्तन गर्न लेखन पनि एक अभिन्न पाटो हो । तर, कतिपय भन्छन् लेख्नु पनि काम हो र ? बोलेर लेखेरभन्दा काम गरेर देखाऊ तर उनीहरूले यो बुझेनन् कि काम भनेकै के हो ? मैले मेरो घरमै बसेर जति राम्रो काम गरे पनि कसलाई थाहा हुन्छ र ? आपूmले गरेका तथा कुनै पनि व्यक्तिका राम्रा कामको प्रचारले नै समाज परिवर्तन हुने हो । घुमेर कृषि हुन्छ र ? भनेर सोध्ने पनि छन् तर म नघुमेर घरमै बसिरहँे मलाई कसरी थाहा हुन्थ्यो ? कुना कन्दराका ती उत्पादन बारे । त्यसैले म भन्छु लेखनमा ठूलो शक्ति हुन्छ । नेपालको कृषिबारे पुराना दस्तावेजहरू नराखेकै कारण हेर्नुस् त सबैकुरा पुनः लेख्नुपर्ने खोज्नुपर्ने भा’छन् । दस्ताबेजीकरण गरेर राखेको भए अहिले अभैm सजिलो हुन्थ्यो नि कृषि अनुसन्धानका लागि ।

कृषिबाट करोडपति भन्ने मेरो पुस्तक बजारमा आएपछि धेरै युवा कृषितिर लागेका छन् । त्यो पुस्तक पढेर धेरैको सोच परिवर्तन भएको छ । मसँग थुप्रै उदाहरण छन् । यस्तै अरू पुस्तकहरूले पनि सकारात्मक भूमिका खेलेका छन् । त्यसकारण म भन्छु कामप्रति अरूलाई उत्प्रेरणा दिनु पनि काम हो परिवर्तन हो । चाहे लेखेर होस् या बोलेर होस् ।

यहाँको विचारमा कृषिको लागि सरकारले के गर्नुपर्ला ?
सरकारले नीतिगतरूपमा स्पष्टताका साथ कृषिको विकासका लागि दस्ताबेज तयार गर्नुप¥यो । किसानले सरकारलाई भेट्न सिंहदरबार धाउनुभन्दा सरकारले किसानलाई भेटन गाउँगाउँ जानुप¥यो । सरकारले कृषिमा चाहिने लगानी, तालिम र उत्प्रेरणाजस्ता कुरा समेटेर नीतिनियम ल्याउनुप¥यो । अझै भन्नुपर्दा कृषिमा सार्वजनिक कम्पनीहरू खोलेर लगानी गर्नुपर्छ । राज्यले कृषिलाई केन्द्रबिन्दुमा राखेर जनताको सानासाना लगानीलाई अझै प्रोत्साहन गर्न अनुदान पनि दिनुपर्छ । जसरि अहिले कृषि बिमा छ यसलाई अभैm बढाउनु प¥यो । किसानलाई उत्पादनका लागि र उत्प्रेरणा दिने काम गर्नुप¥यो ।

यहाँका भावी योजना के छन् ?
ज जसले यो अभियान बुझ्नुभएको छ । उहाँहरूको सहयोग र माया पाइरहेको छु । यसरी अभियानमा लागिरहन गाह्रो पनि छ । तर, यी अप्ठ्याराहरूलाई चिर्दै म आजीवनरूपले कृषि पर्यटनका लागि लागिरहने छु । अहिलेसम्म गरेका अध्ययन अनुसन्धानको दस्ताबेजीकरण गर्ने ठूलो योजना इच्छा छ । सम्भव भएसम्म छिमेकी मुलुकहरूको कृषि बुझेर यस क्षेत्रमा नै केही गर्ने लक्ष्य छ । कृषि र पर्यटन मात्रले पनि देशको भविष्य उज्ज्वल छ । यसमै हामी सबै केन्द्रित हुनुपर्छ ।

प्रतिक्रिया