‘कैयाैँ भाैतिक अाक्रमणकाे प्रयास भएपनि मानव बेचबिखनविरूद्द लडि रहेँ‘

sunita 4

दैलेखको दुर्गम गाउँको सामान्य परिवारमा जन्मिएकी सुनिता दनुवार अहिले विश्वमै चर्चित भएकी छन् । कुनै समय आफू बेचिँदा भोगेका पीडा अहिले पनि उनीसँग ताजै छन् । विदेशी कोठीमा बिताएका ती काला दिनहरू कहिल्यै पनि भुल्न सकेकी छैनन् । तर, उनले आफ्ना ती पीडालाई लुकाउनुको सट्टा बाँड्ने निधो गरिन् । पीडा बाँड्नकै लागि स्वदेश फर्किएपछि केही साथीको सहयोगमा राजधानीमा एउटा शक्ति समूह नामक संस्था खोलिन् । जुन संस्था अहिले संसारभर परिचित भइसकेको छ ।

कलिलै उमेरमा विदेशी कोठीमा बेचिएकी सुनिता आफू मिहिनेत, जिम्मेवारीपन र निडरताले गर्दा नै विश्वभर चर्चित हुन सफल भइन् ।  बाल्यकाल दैलेखमा तथा किशोरावस्था भारतको जम्मुकश्मिरमा बिताएकी सुनिता १४ वर्षको उमेरमै मुम्बईको कोठीमा बेचिएको बताउँछिन् । सन् १९९६ सालमा भारतको महाराष्ट्र सरकारले १८ वर्षभन्दा कम उमेरकालाई उद्धार गर्ने निर्णय गरेकाले उनले त्यो कालकोठरीबाट मुक्त पाइन् ।

मुक्त भएपछि स्वदेश आई उनी मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय भइन् । स्नातक अध्ययन सकेकी उनी भविष्यमा मानव बेचबिखन विषयमै विद्यावारिधी गर्ने इच्छा राखेकी छन् । यसरी जीवनका अनेकौँ मोड र घुम्तीमा संघर्षरत सामाजिक अभियन्ता सुनिता दनुवारसँग सौर्य दैनिकका लागि कमल न्यौपानेले गरेको कुराकानी ः

शक्ति समूहको स्थापना किन र कसरी भयो ?
शक्ति समूह मानव बेचबिखन प्रभावित किशोरी तथा महिलाले स्थापना गरेको विश्वकै पहिलो संस्था हो । सन् १९९६ मा भारतको मुम्बईमा प्रहरीले १८ वर्ष कम उमेरका बालबालिकालाई उद्धार गरको थियो । उद्धार भएका ५ सय मध्ये २ सयभन्दा बढी नेपाली चेली मात्र थिए । करिब ५ महिनाको पुनस्र्थापनापश्चात् नेपाल सरकारको बेवास्ताका बाबजुत पनि नेपालका केही संस्थाको पहलमा स्वदेश फिर्ती भएका प्रभावितहरूले आप्mनो आँशुलाई शक्तिमा रूपान्तरण गर्न खोलेको संस्था हो शक्ति समूह ।

अहिले के गर्दै छ शक्ति समूह ?
शक्ति समूह निरन्तर मानव बेचबिखनविरुद्धको अभियानमा निरन्तर सक्रिय छ । मानव बेचबिखनविरुद्ध प्रत्यक्षरूपमा १३ जिल्लामा कार्य गरिरहेको छ । विशेषगरी रोकथाम, संरक्षण, क्षमता अभिवृद्धीजस्ता कार्यमा आफूलाई केन्द्रित गरेर शक्ति समूह अघि बढिरहेको छ ।

अहिलेसम्म यस समूहले कति महिला तथा बालबालिकाको उद्धार तथा सहयोग गरेको छ ?
शक्ति समूहले हालसम्म १ सय ३५ जनाभन्दा महिला तथा बालबालिकाको स्वदेश फिर्ती गराइसकेको छ । भारतबाट उद्धार हुनेको यो संख्या विशेष गरी बढी छ । भारतीय संस्था, नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा हराएका महिला तथा बालबालिकाको खोजी तथा उद्धार गरी स्वदेश फिर्ती कार्य गराइरहेका छौँ । स्वदेश फिर्ती कार्य अझ व्यवस्थित बन्न सकेको छैन ।यसका लागि सरकारसँग वकालत निरन्तर गरिरहेका छौँ । उद्धार भएका प्रभावित महिला तथा बालबालिकाका लागि शक्ति समूहको ४ वटा पुनस्र्थापना गृहसमेत सञ्चालित छन् ।

sunita 1

तपाईंको अभियानमा सरकारको सहयोग कतिको पाउनुभएको छ ?
अवश्य पनि सहयोग छ तर सरकारको सहयोगको अपेक्षा यो भन्दा अझ धेरै छ । म आफू पनि प्रभावित भएको कारणले पनि सबैभन्दा भरपर्दो अभिभावक सरकार नै भइदेओस् । सन् १९९६ मा बेचबिखन प्रभावितको स्वदेश फिर्तीका लागि असहयोग गर्ने सरकारले सन् २००७ मा मानव बेचबिखनविरुद्धको पहिलो दिवसका अवसरमा शक्ति समूहलाई सम्मान प्रदान मात्र होइन, सरकारले केही पुनस्र्थापना गृहसमेत सञ्चालन गरिरहेको छ ।

बेचबिखन विरुद्धको राष्ट्रिय समिति र यसका शाखाहरू जिल्ला र स्थानीय तहसम्मै गठन भएका छन् तैपनि यसको प्रभावकारिता अझ बढाइनु अत्यावश्यक छ । तर, सरकारको कदम सह्राहनीय छ तर गति सन्तोषजनक छैन ।

तपार्इं आफैँ पनि बेचिएकी चेली काम गर्दा चुनौति तथा जोखिम कति बेहोर्नुभयो ?
(मन्द हाँसो) जोखिम र चुनौतिको अर्को रूप नै शक्ति समूह हो । मनभित्रका चुनौति पारिवारिक चुनौती र सरकारको बेवास्ताको चुनौति पार गरेर शक्ति समूहमार्फत बेचबिखनविरुद्ध कार्य गर्दा कहिले खुकुरी लिएर लखेट्ने, मार्छु भनेर धम्की दिने, गाउँमै घेर्न आउने त कति भए कति ।

आज यो गाउँगाउँमा भने अलि मत्थर भएको छ तर पनि कार्यालयमै दलालका मान्छेहरू आउने, धम्की भरिएको फोन गर्नेजस्ता समस्याहरू हामीहरूले खेपिरहेका छौँ । हामी यसलाई  दलालहरू डराएका छन् भन्ने रूपमा बुझ्रछाै ।

तपार्इं आफ्ना आफन्तको विश्वास नगर्ने मान्छे यसमा खास के छ ?
हैन त्यस्तो नै त हैन यसलाई यसरी बुझौँ, म बेचबिखनविरुद्धको अभियन्ता मेरा आफन्त भनेको महिला र बालबालिकाको क्षेत्रमा कार्य गर्ने असल व्यक्तित्वहरू, वहाँहरूलाई म असाध्यै सम्मान र विश्वास गर्छु तर म माथि जुन घटना घट्यो त्यसले मलाई अहिले पनि अत्याउँछ । त्यसैले अन्य महिला बालबालिका तथा आमजनसमुदायलाई के अपिल गर्छु भने जो कोहीलाई विश्वास गर्दा नै धोका हुन सक्छ त्यसैले केही शंकास्पद व्यक्ति वा कसैले केही आस्वासन दिँदै छ भने पछि लाग्नुको सट्टामा अरू विश्वासिला ४ जनासँग परामर्श भने अवश्य लिनुपर्छ ।

यहाँ जोखिममा बढी महिला छन् कि पुरुष र किन ?
तथ्यांककै कुरा गर्ने हो भने ३ जना प्रभावित मध्ये २ जना महिला हुने गरेका छन्, र पुरुषवादी मानसिकताको कारणले पनि महिलाहरू नै बढी जोखिममा छन् । ८० प्रतिशत बेचबिखन यौन प्रयोजनका लागि हुन्छ । महिलाहरू बेचबिखनको उच्च जोखिममा छन् तैपनि अहिले महिला÷पुरुष बालबालिका जो कोही पनि यसको सिकार बन्न सक्छन् ।

यस्तो जोखिम नियन्त्रणका लागि केही सोच्नु भएको छ वा सरकारले के गर्नुपर्ला ?
त्यही हो कामजस्तै कुरा हुनुप¥योे । बेचबिखन प्रभावित मेरो परिवारको सदस्य भएको भए… यसरी सोच्नुप¥यो । कार्यसुस्तता व्याप्त छ, सरकारको ध्यान सत्ता समीकरणमै मात्र छ, स्थायी सरकार कुर्दाकुर्दै लाखौँ बेचिइसक्ने अवस्था छ । सरकारी गैरसरकारी निकाय साथसाथमा रहेर रोकथाम, संरक्षण, क्षमता विकासजस्ता वहुआयामिक विषयमा सम्पूर्ण क्षेत्रमा कार्य गर्नु जरुरी छ । सरकारले मै मात्र विकास गर्छु र अन्य एनजिओ आइएनजिओ नआओ भन्नु अहिलेको अवस्थामा कुन्नी केले आपूm पनि घर बनाउँदैन र अर्कालाई पनि बनाउन दिँदैन भनेजस्तै हो ।

र, एनजिओले पनि सरकारको सहयोगी संझेर कार्य गर्नुपर्छ । मानव बेचबिखनविरुद्धको अभियानमा प्रभावित केन्द्रित अवधारणा, प्रभावितमुखी कार्य र प्रभावितको सर्वोत्तम हितलाई ध्यानमा राखेर कार्य गरिनु जरुरी छ ।  सरकारका प्राथमिकतामा धेरै सूची छन् थाहा छ त्यहि भएर गैसस आदिले सहयोग गर्दै छन् । तर, अहिले इराककै केस हेरौँ न हजारभन्दा बढी महिला त्यहाँ फसिरहेका छन् हामी कराइरहेछौँ, मद्दत मागिरहेछौँ, सरकार सुस्त छ, गति चुस्त र स्वस्थ हुन अपरिहार्य छ ।

पछिल्लोसमय सामाजिक सञ्जालको माध्यमबाट महिला फसिरहेका घटना सुनिन्छन् नि यो के हो ?
पक्कै, मोबाइल इन्टरनेट, फेसबुकका माध्यम अहिले बेचबिखनका लागि माध्यम बनिरहेका छन् । अपरिचित व्यक्ति फेसबुक मोबाइलमा सम्पर्कमा आउँदा हिंसा तथा बेचबिखन बढिरहेका छन् । किशोरकिशोरीलाई अनलाइन सुरक्षा तालिम आदि प्रदान गरिनुपर्छ ।

शक्ति समूह अन्तर्राष्ट्रियस्तरको पुरस्कार जित्न यसअघि सफल पनि भयो । यो समूहका अबका योजनाहरू के कस्ता छन् ?
कामको सम्वोधन र हौसला हो पुरस्कार र सम्मान भनेको र अझै कार्य गर्ने जिम्मेवारी बोध पनि हो । भर्खरै मात्र शक्ति समूहले ‘विथ एन्ड फर गल्र्स’ अवार्डका साथै इएनजिओ च्यालेन्ज अवार्ड जित्यो ।

भन्डै एक वर्षअघि म नेपाल सरकारको तर्र्फबाट सम्मानितसमेत भएको थिएँ । यो सब सम्पूर्ण बेचबिखन प्रभावित महिलाहरूका लागि हौसला र प्रेरणा पनि हो । शक्ति समूहको आगामि योजना भनेको कार्य निरन्तरता, प्रभावितको उद्धारका लागि रणनीतिक योजना निर्माण, आर्थिक सवलीकरणका लागि केही ठोस कार्यक्रममा जोड दिनेछौँ । अहिले तत्काल भने बाढीपहिरो पीडितका लागि केही साना राहत सहयोेग गर्दै छौँ ।

शक्ति समूह राजधानी र आसपासमा मात्रै केन्द्रित भयो भन्ने गुनासो छ नि ?
शक्ति समूहको कार्यालय काठमाडाैँमा भए पनि मानव बेचबिखनका मुद्दाहरूमा नेपालभर सहयोग गर्छ । प्रत्यक्षरूपमा कार्य गरेको अवस्थालाई हेर्ने हो भने पनि हामी बेचबिखनको जरो गाडेको जिल्लाहरूमा छाैँ । तर, शक्ति समूह यी जिल्लामा मात्र सीमित नभएर अरू जिल्लामा पनि पुग्नु जरुरी छ ।

समाजसेवापछिको जीवनमा के गर्ने लक्ष्य छ ? (राजनीति, समाजसेवा नै वा अरू) किन ?
समाजसेवाको बाटो अनन्तसम्म छ, सकिएला र अर्को केही गरौँलाजस्तो सोच छैन, राजनीतिका विषयमा अहिले अलि नबोलि हालौँ । तर, आममहिलाका विषयमा अझ आमनेपालीका सवालमा राजनीतिबाटै केही गर्नुप¥यो भने म तयार हुन सक्छु, संभावना बोकेका व्यक्तित्वहरू राजनीतिमा आउने क्रम छ । यो राम्रो सुरुआत हो ।

अन्त्यमा केही ?
अन्तमा शक्ति समूह एउटा नाम वा एउटा एनजिओ मात्र होइन शक्ति समूह एउटा विचार हो बेचबिखन प्रभावित महिलाको आँशुको शक्तिमा रूपान्तरित रूप हो, कसले के ग¥यो कसले के गरेन भन्दा पनि हामीले के ग¥याैँ भनेर सोचौँ, सही जनचेतनाले एक जनालाई बेचबिखन हुनबाट बचाउन सकिन्छ, अर्थपूर्ण संरक्षणबाट एक जना प्रभावित समाजमा खुलेर बाँच्नसक्ने वातावरण तयार हुन्छ, आउनुहोस् हामी मिलेर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ ।

प्रतिक्रिया