भक्तपुरको विकासमा लागिपर्छु

sunil prajapati copy

कानुनमा स्नातक उत्तीर्ण सुनिल प्रजापतिको जन्म ०२१ साल १० असारमा भक्तपुर जेंलामा भएको हो । पिता बद्री प्रजापती र माता कृष्णमाया प्रजापतीका सुपुत्र प्रजापति ०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् ।०६४ सालमा भएको संविधानसभा चुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसका लेखनाथ न्यौपानेलाई पराजित गरेका थिए । यस्तै ०७० सालमा भएको दोस्रो संविधान सभामा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेलसँग भने पराजित भएका थिए ।यसअघि संविधानसभामा संवैधानिक समितिको सदस्य भएर काम गरिसकेका र नेपाल मजदुर किसान पार्टीको सचिव रहेका उनी गएको ३१ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख पदमा विजय भएका हुन् । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिसँग सौर्य दैनिकका लागि कमल न्यौपानेले गरेको कुराकानीको सार संक्षेप –

नगरप्रमुख भएपछि सबैभन्दा पहिलो काम के गर्नुभयो ?
नगरप्रमुख भएपछि सबैभन्दा पहिलो खानेपानी र सरसफाइको समस्यालाई पहिलो चरणमा समाधान गर्ने काम सुरु भइसकेको छ । खानेपानीको मुहानका रूपमा रहेको नगरकोटस्थित मुहान पोखरीको अवलोकन एवं ढल व्यवस्थित गर्न हनुमन्ते खोलाको अनुगमन गरेको र सरोकारवाला निकायका कर्मचारीसँग छलफल गरेर काम अगाडि बढिसकेको छ । हनुमन्ते खोला सफाइ गर्न हनुमानघाट र सल्लाघारीमा रहेका २ उपचार पोखरीलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याई ढललाई उपचार पोखरीमा राखेर सफा पानी मात्रै खोलामा पठाउने गरी व्यवस्थापन गर्ने योजना रहेको छ ।

भक्तपुर नगरको समग्र विकासका लागि तपाईंका योजना के के छन् ?
भक्तपुर नगरपालिका आपैmँ योजनाबद्ध नगरपालिका हो । विशेषगरी यस नगरभित्र विगतदेखि देखिएको खानेपानी समस्या समाधानका लागि पहल सुरु गरेको छु । यहाँको फोहोर व्यवस्थापन, हनुमन्तेखोलाको सुधार, ढल निकासको व्यवस्थापन तथा बजारलाई सफा सुन्दर र हराभरा बनाउने नै पहिलो योजना रहेको छ । अरू त जनताको माग, चाहना र पार्टीको घोषणापत्रमा उल्लेख गरिए अनुसार नै अघि बढ्ने हो ।

भक्तपुरको कला संस्कृति जगेर्नामा नगरपालिकाको योजना के छ ?
भक्तपुर नगरपालिका कला–संस्कृतिले धनी नगर हो । भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्र र दतात्रय क्षेत्र विश्व प्रशिद्ध ठाउँहरू हुन् । जहाँ ५ तल्ले मन्दिर, ५५ झ्याले दरबार, सुनढोकाजस्ता काष्ठकला, धातुकला र प्रस्तरकलाका अनुपम नमुनाहरू अवस्थित छन् । यहाँका मठ, मन्दिर, सत्तल, ढुंगेधारा आदिले विभिन्न कालखण्डको इतिहास बोकेका छन् । पुर्खाले सिर्जेका तिनै सम्पदाहरू हाम्रा सम्पत्ति हुन् । भनपाका जनप्रतिनिधिहरूले मौलिक शैली बोकेका मठ, मन्दिर, ढुंगेधारा आदिको जिर्णोद्वार र संरक्षण गर्दै आएका छन् । भनपाले समयमा मर्मत गरेकै कारण ५ तले मन्दिर, भैरवनाथको मन्दिरजस्ता ऐतिहासिक धरोहरहरू ०७२ सालको भूकम्पमा पनि भत्किएनन् ।

भक्तपुरमा स्वास्थ्य क्षेत्रको विस्तार गर्ने योजना थियो प्रक्रिया कहाँ    पुग्यो ?
नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले निर्वाचनको बेला ख्वपः अस्पताल सञ्चालन गर्ने र घरघरमा नर्सिङ सेवा पु¥याउने घोषणा गरेका थिए । ख्वपः अस्पताल निर्माणका लागि नक्सा डिजाइनको काम सुरु भएको छ भने वडावडामा नर्सिङ सेवाका लागि स्वास्थ्य उपसमितिले कार्यविधि तयारी गर्दै छ । त्यसको प्रतिवेदन प्राप्त भएपछि कार्यान्वयनमा लानेछ ।

भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका सम्पदा पुनर्निर्माण कस्तो छ ? नया बनेका भवनहरू मापदण्ड विपरीत छ भनिन्छ नि ?
०७२ सालको भूकम्पबाट भनपाभित्र ६७ वटा सम्पदाहरू पूर्णरूपमा क्षति भयो भने ६२ वटा आंशिक क्षति भयो । त्यसको पुनर्निर्माणको लागि ठूलो रकमको आवश्यकता छ । नपाले आप्mनै पहलमा खौमा ढोका र विभिन्न मन्दिरहरू निर्माण सम्पन्न गरिसकेको छ भने टोल टोलका पाटी–पौवाहरू निर्माणको काम जारी छ । दरबार क्षेत्रका केदारनाथको मन्दिर, वत्सला मन्दिर, रामेश्वर मन्दिर निर्माणाधीन छन् । पुरातत्व विभागले पनि फसी देग, ताहा फल्चा (लामो पाटी) लगायतको निर्माण कार्य गर्दै छ ।

भक्तपुरको खानेपानी समस्या समाधानको प्रक्रिया कहाँ    पुग्यो ?
भनपाले पानीको अभाव हुन नदिन खानेपानीका लागि आवश्यक व्यवस्था मिलाउने कोशिस गर्दै छ । भक्तपुर क्याम्पसको दक्षिण र सल्लाघारीमा गरी २ ठाउँमा बोरिङ गरी सकिएको छ भने अन्य ठाउँमा पनि त्यसको प्रयास गरिरहेको छ । खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि हामीले मेलम्ची खानेपानीका पदाधिकारीहरूसँग पनि छलफल गर्दै छौँ ।

भक्तपुर स्मार्ट सिटी निर्माण प्रक्रिया कहाँ    पुग्यो ?
भक्तपुरलाई आदर्श नगर बनाउने हाम्रो योजना हो । अहिले कतिपय मानिसहरूले बुभ्mदैनबुझी स्मार्ट सिटीको हल्ला गर्दै छन् । स्मार्ट सिटी भनेको के हो ? त्यो पहिले बुझ्नुपर्छ । नत्र, हामी साम्राज्यवादीहरूको चंगुलमा फस्नेछौँ । साम्राज्यवादीहरूले कमजोर देशहरूलाई आप्mनो कब्जामा राख्न तयार गरिएको नयाँ योजना हो स्मार्ट सिटी । यो पुँजीपति वर्गको हितमा ल्याइएको योजना हो । विदेशी प्रविधि, विदेशी प्राविधिक र विदेशी पुँजीको भरमा स्मार्ट सिटी बनाइए गरिब नेपाली जनताहरू विस्तारविस्तार विस्थापित हुनेछन् । हामी स्मार्ट सिटी भनी साम्राज्यवादीहरूले नियोजित रूपमा गरेको प्रचारबाजीको पछि लाग्ने छैनौँ ।

भक्तपुर नगरपालिकाको ढल निकासको व्यवस्थापनको विषयलाई कसरी हेर्नुभएको छ ?
भक्तपुर नगरको ढल राम्रोसँग व्यवस्थापन गर्न नसक्दा खोला फोहर भएको हो । ढलको व्यवस्थापनमा जर्मन प्रोजेक्ट पूर्ण असफल भयो । त्यसका लागि भक्तपुरमा उपलब्ध २ वटा उपचार पोखरीहरू पुनः प्रयोगमा ल्याइने प्रयास भइरहेको छ । ढलको पानी सिधै खोलामा नमिसाई उपचारपछि मात्रै खोलामा जाने व्यवस्थाको तयारीमा छौँ । त्यसले खोलालाई जीवन्त बनाउँछ र निरन्तर सफा पानी बगेमा वातावरणमा पनि सुन्दरता थपिनेछ ।

हनुमन्तेमा देखिएको समस्या सम्बन्धमा नगरपालिकाको योजना के छ ?
भनपाले हनुमन्तेको माटो झिक्ने काम गरिराखेको छ जसले गर्दा खोलाको सुधार हुने कुरामा हामी विश्वस्थ छौँ ।

भक्तपुुरमा ख्वपः विश्वविद्यालय स्थापना विषय कहाँ    पुग्यो ?
भनपाले करिब एक दशकदेखि ख्वपः विश्वविद्यालयको कुरा उठाएको हो । अझै पनि स्वीकृति प्राप्त भएको छैन । हामीले संसद्मा बारम्बार ख्वपः विश्वविद्यालयको कुरा उठायौँ । अहिले पनि उठ्दै छ । विधेयक सांसदहरूको हातहातमा पुगेको जानकारी प्राप्त भएको छ तर किन अगाडि बढाइएन ? सरकारलाई थाहा हुने कुरा हो ।

भक्तपुर नगरपालिकामा देखिएका समस्या, चुनौति र समाधानका उपायहरू के के हुन् ?
भक्तपुर नगरपालिकाभित्र चुनौतिको चाङ खडा छ । भूकम्पबाट क्षतिग्रस्त सम्पदा र घरहरूको पुनर्निर्माण, हनुमन्ते खोलाको सफाइ, ख्वपः अस्पताल निर्माण, देका–मिवा–इटापाके आवास योजना, खानेपानी आदि यहाँका चुनौतिहरू हुन् । ती सबै समस्यालाई एकएक गरी समाधान गर्दै लान हामी जनप्रतिनिधिहरू मिहिनेत गरेर लागिरहेका छौँ ।

प्रतिक्रिया