‘नेता सुविधाभोगी भएकै हुन्’

lekh rajj bhatt

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय समिति सदस्य लेखराज भट्ट झन्डै ४ दशकदेखि माओवादीमा रहेर क्रियाशील राजनीतिमा रहेका छन् । प्रदेश नं ७ का इन्चार्जसमेत रहेका उनीलाई सुदूरपश्चिमको खम्बाको रूपमा समेत लिने गरिन्छ । उनै लेखराज भट्टसँग पछिल्लो समयको राजनीतिक घटनाक्रममा केन्द्रित रही सौर्यकर्मी केशव भट्टले गरेको कुराकानी ।

सम्पन्न केन्द्रीय सचिवालय बैठकले के के समीक्षा ग¥यो र तत्काल के कस्ता रणनीति तय गरेको छ ?

कुनै बेलाको पहिलो शक्ति माओवादी अहिले आएर तेस्रो स्थानमा खुम्चिनु परेकोमा हामीले गम्भीर ढंगबाट समीक्षा गरेका छौँ । हाम्रा कमीकमजोरी कहाँनेर रहे भनेर समीक्षा गर्न दोस्रो चरणको निर्वाचनपछि पनि दुईपटक बैठक बसी गम्भीर छलफल गरेका छौँ । पहिलो कुरो त कार्यदिशामै अस्पष्टता भएकोले कार्यकर्तामा अन्योलता छाएको देखिन्छ भने, आमजनतामा नहुने कुरै भएन । यसको परिणाम संगठन कमजोर भएको छ । संगठनलाई अगाडि बढाउन क्रान्तिको आवश्यकता देखिन्छ । तर, कस्तोखालको क्रान्ति साम्यवादी वा पुँजीवादी ? यो स्पष्ट नहुँदा संगठनलाई अस्पष्टता र अन्योलतातर्पm धकिलिरहेको थियो । अबको क्रान्ति भनेको पुँजीवाद क्रान्ति हो । यो क्रान्तिपछि मात्रै समाजवादमा रुपान्तर हुने कुरा बैठकले स्पष्ट पारेको छ ।

पार्टीको नीति र सिद्धान्त पनि चुस्त भएन । नेताहरू चेनअफ कमानमा नबस्ने र आपूmखुसी बोल्नाले पनि चुनावमा पार्टीलाई ठूलो घाटा भएको हो । यो स्थानीय चुनाव हाम्रा लागि नयाँ अभ्यास भएकाले पनि हामी तेस्रो भयौँ भन्ने समीक्षा पनि गरेका छौँ । यति धेरै समस्याका बाबजुत पनि हाम्रो पक्षमा आएको परिणामलाई हामीले सन्तोषजनक नै मानेका छौँ ।

पहिलाको कमजोरीलाई आत्मसात गर्दै प्रदेश नं.२ को निर्वाचनका लागि कार्य विभाजनसमेत गरी शीर्ष नेतालाई खटाउने निर्णयसमेत सचिवालयले गरेको छ । अब हुने निर्वाचनमा संगठनलाई परिचालन गरी तमाम कार्यकर्तालार्ई जनतासमक्ष पार्टीको नीति तथा योजना पु¥याउने तयारीसमेत गरेको छ । प्रदेश नं. २ बाट मन्त्रिमण्डलमा ३ जना मन्त्री पठाइसकेक छौँ । अभैm राज्यमन्त्री पनि थप्ने निष्कर्षमा पार्टी पुगेको छ ।

माओवादी नेताहरू ठेकेदार तथा सुविधाभोगी भए भनेर पार्टी अध्यक्षले कसलाई इंगित गर्न खोजेका हुन् ?

एक कार्यक्रममा पार्टी अध्यक्षले पार्टीभित्र देखापरेका विकृति विसंगतिलाई इंगित गर्दै यो भन्नुभएको हो । मलाइ लाग्छ माओवादी नेताहरूको जीवनशैली परिवर्तन भएकै हो । केही नेताहरू सहरमुखी हुनुका साथै सुविधाभोगी हँुदै गएका देखिन्छन् । हिजोको जुन दुःख कष्ट तथा त्याग गरेका थिए त्यो भन्दा अलिकता सुविधाभोगी भएकै हुन्, भन्न खोज्नुभएको हो पार्टी अध्यक्षले ।

तर, तुलानात्मक रूपमा हेर्दा माओवादी नेताभन्दा एमाले–कांग्रेसका नेताहरू कैयौँ गुणा बढी सुविधाभोगी छन् । हामीभन्दा उनीहरूले बढी नै सत्ताको दुरुपयोग गरेका छन् । तर, आन्तरिक पार्टी कमिटी र हिजोको जनयुद्ध लडेका जनवादी नेताहरूभित्र हुनुपर्ने उत्तरदायित्वमा कमी आएको हो कि भन्ने पार्टी अध्यक्षको बुझाइ हो । अर्कोतर्पm हिजो लडाइँमा होमिएका युवालाई राम्रोसँग व्यवस्थापन नगर्दा पनि कहीँ कतै नेताहरू चन्दा तथा सहयोगमा केन्द्रित भएका हुन सक्छन् । तर, श्रम र उत्पादन नहँुदा जीवनयापन गर्न पनि यसतर्फ लागेका हुन सक्छन् जस्तो मलाई लाग्छ ।

माओवादीले केन्द्रीय कमिटी दुई अंकमा झार्ने त भन्छ, कसरि व्यवस्थापन गर्ला ?

सम्पन्न स्थायी समितिको बैठकले केन्द्रीय कमिटी दुई अंकमा ल्याउने भनेको छ । विभिन्न शक्तिहरूको एकीकरणले गर्दा यो धेरै ठूलो भएको हो । यो सबैको छाता संगठन हो, तर, यो उल्टो पिरामिड मा आधारित बन्यो । संगठन जनतासँग जोडिनुपर्नेमा नेतासँग जोडिन पुग्यो । नेतामुखी भयो यसैकारणले अराजकता सिर्जना भयो । यसलाई अन्त्य गर्न

तलबाट माथितर्फको पिरामिड आकारको संगठन बनाउनुपर्छ भनेर निर्णय गरेको छ । केन्द्रीय आयोजक समितिका साथीहरू प्रदेश कमिटीमा पनि भएकाले प्रदेशस्तरमा प्रशिक्षण तथा पार्टीको अनुकूल हुने गरी जिम्मेवारी दिने कुरा पनि सचिवालयमा उठ्दै आएको छ ।

पार्टीलाई प्रचण्डपथमा लानेकुरा पनि उठिरहेको छ यो कतिको सम्भव छ ?

आजभोलि पार्टीभित्र विचारको समस्याले गर्दा नेता कार्यकर्ताहरू विचारविहीन बन्न पुगे । संगठन तहसनहस हँुदै गयो । हाम्रा राष्ट्रिय एजेन्डा बलिया हुँदाहँुदै पनि ओझेलमा पर्दै गयौँ यो सबै नेता कार्यकर्ताले अनुभव गरेका छन् । जब प्रचण्डपथहुँदा पार्टी चुस्त तरिकाले अगाडी बढेको थियो । संगठन मजबुत बनेको थियो ।

प्रचण्डपथ भनेको व्यक्ति होइन यो त सबैको साझा विचार हो । यस पथमा जनतादेखि जनयुद्द लडेका मुक्ति आन्दोलनसँग सम्बन्धित सबैको विचारलाई समेट्ने र विशेषगरी मालेमावादको अभ्यास गर्ने सन्दर्भमा प्रचण्डको जुन योजना र कार्ययोजना थियो त्यसमै जानुपर्छ भन्ने हो । पार्टीलाई अराजकताबाट बचाउन प्रचण्डपथ अगाल्नु अनिवार्य छ ।

माओवादीलाई वर्ग संघर्ष छोड्यो जातीयतातर्फ लग्यो भन्ने आरोप पनि छ नि ?

यसमा मैले बुझेको के हो भने वर्ग संघर्षले जातीय उत्पीडनको अन्त्य गर्छ माक्र्सवादले नै जातिवादको अन्त्य पनि गर्छ । माक्र्सवादले राष्ट्रिय मुक्ति आन्दोलन अगाडि बढाउँछ । र, राष्ट्रिय उत्पीडनको अन्त्य वर्ग विभेदसँगै हुने गर्दछ ।
हामी सबैले देखेका छौँ ।

जातिवादले समस्याको अन्त्य गर्दैन झन् द्वन्द्व पैदा गराउँछ । जातीवाद भनेको विषालु झार हो । जसले देशलाई पतनको बाटोमा लान्छ । माक्र्सवादले जातीयताको अन्त्य गर्दै उत्पीडनको युनिफाइड गर्ने हुनाले, प्रधानपक्ष वर्ग संघर्ष हो यसको मातहतमा राष्ट्रिय मुक्ति आन्दोलनको कुराहरू आउँछन् ।

नेपालको वस्तुस्थिति तथा इतिहासलाई नबुझीकनै लागू गर्न खोज्दा यो समस्या देखिएको हो । उत्पीडन र विभेदको पनि अध्ययनको कमी भयो यसकारणले यो अवस्था सिर्जना भयो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा पनि उठाउँदै हुनुहुन्छ होइन ?

माओवादीले आफ्ना सबै एजेन्डा जनतामाझ लान नसकेका करण तेस्रो पार्टी हुन पुगेको हो । भन्ने हाम्रो पनि ठम्याइ छ । हामी मध्यमार्गबाट शान्तिप्रक्रियामा आएकाले हाम्रा सबै एजेन्डाहरू जस्ताका तस्तै संविधानमा समेटन सकेनौँ । सहमतिको माध्यमबाट संविधान लागू गर्नुपर्ने अवस्था थियो ।

त्यसकारण त्यसबेलामा हामीले यो एजेन्डा गौण राखेका थियौँ । अब हुने निर्वाचनमा हामी यो एजेन्डा जनतासमक्ष लैजाने तयारीमा छौँ । यो पद्दतिमा जाने हो भने ६–६ महिनामा सरकार फेरिएर हुने राजनीतिक तथा आर्थिक विकासमा हुने ठूलो असरलाई समाप्त पार्नेछ । यसरी जाँदा कम्तीमा जनताको मत पाएको दल या व्यक्तिले कम्तिमा ५ वर्ष काम गर्न सक्छ नि ! यो एजेन्डा जनताले अनुमोदन गरी हामीलाई आगामी चुनावमा जिताउने छन् भन्ने विश्वास पनि छ ।

पछिल्लो समय तपाईं पार्टीमा निष्क्रिय रहनुभयो भन्ने सुन्नमा आएको छ नि ?

नेपाली जनताको मुक्ति आन्दोलनबाट र पार्टीको राजनीतिबाट म कतै टाढा गएको छैन । यदि निष्क्रिय थिएँ भने पार्टीले मलाई विश्वास गरेर केन्द्रय समिति कार्यालय सदस्य दिने नै थिएन, निष्क्रिय व्यक्तिलाई कहिँ कतै जिम्मेवारी आउँदैन । मिडियामा कम मात्रामा देखिनुलाई निष्क्रिय भनेर यहाँ बुझिँदो रहेछ ।

तर, मेरो जिम्मेवारी ७ नम्बर प्रदेशमा परेको हुनाले म धेरैजसो उतै हुन्छु । सांसद नभएकाले यहाँ बस्नुभन्दा पार्टी संगठनमा लागि काम गर्नुपर्ने भएकोले उतै बस्नुपर्ने हुन्छ । तर, मिडियामा नआएकोले राजनीति सकियो या राजनीतिबाट हरायो भन्ने आभास धेरैलाई हुँदो रहेछ ।

तपाईं एमालेमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने सुनिनमा आएको कुराचाहिँ के हो ?

यो म विरुद्ध गरेका प्रोपोगान्डा हुन् । हिजो पार्टीमा दुईलाइन संघर्ष या भिन्न मत भन्ने कुरा स्वस्थ केन्द्रीयता जनवादी तरिकाको माध्यमबाट अगाडि बढाएका थियौँ । यो दुईलाइन संघर्ष भनेकै वर्ग संघर्षकै आन्तरिक रूप पनि हो । तर, पछिल्लो समय हामीहरू आत्मकेन्द्रित महत्वाकांक्षी भएका छौँ । जुन मान्छेको महत्वाकांक्षा मबाट पूरा हुन सकेन वा आपूm अनुकूल मलाइ ढाल्न सकेनन् तिनै मान्छेहरूले यस्तो आरोप लगाएका हुन् । यो झुटो हो । न त म कहिल्यै निष्क्रिय भएँ, न त एमालेमा प्रवेश गर्ने कुरा सोचेँ ।

संघीयतामा तपार्इंको फरक मत थियो, अखण्ड सुदूरपश्चिमको लागि निकै लाग्नुभयो नि ?

एउटा जीवन्त राजनीतिक पार्टीमा फरक मत हुनु नै त्यसपार्टीको असल पाटो हो, हो संघीयतामा मेरो फरक मत थियो । संघीयता बनाउँदा तराई, पहाड र हिमाल अलग नगरीकनै प्रदेश बनाऔँ भन्ने हो । यसरी बनाउँदा ती प्रदेशमा भएका स्रोतसाधन तथा भौगोलिक अवस्थाले विकास गर्न सजिलो हुन्छ । यसरी, तराई, पहाड, हिमाल छुट्याएको प्रदेशले प्रगति गर्न निकै कठिन हुन्छ भन्ने मेरो स्पष्ट मत हो । अखण्ड सुदूरपश्चिम भन्ने शब्द त त्यहाँका जनताको हो जनताको त्यै शब्द मेरो पनि शब्द बनेको हो ।

मैले सुदुरपश्चिममा पर्ने ९ वटा जिल्लाले हिमाल, पहाड र तराई जोडेको छ । यो विभाजन वैज्ञानिक तरिकाको छ । यसलाई टुत्र्mयाएर आर्थिक प्रगति हुन सक्दैन । त्यसकारण उचित स्रोत साधनको वितरणका लागि र हरेक वर्गको प्रतिनिधित्वका लागि अखण्ड हुनुपर्छ । भनेर अडान लिएको हुँ । यो कुरो पहिला पार्टीभित्रै सीमित थियो पछिचाहिँ बाहिर खुलेरै बोलेको हुँ ।

जस्तै, सुदूरपश्चिमको कुरा गर्ने हो, भने यदि तराई छुट्याएकोे भए अहिले त्यहाँ बस्ने थारू समुदायको जे जति प्रतिनिधित्व भएको छ यो हुन असम्भव थियो । अहिले कैलाली कञ्चनपुरबाट हामीले ११ जना उम्मेदवार उठायौँ जसमा २ जना प्रमुख र ९ जना उपप्रमुख निर्वाचित छन् । यो त उपलब्धिमुलक कुरा हो नि, उत्पीडनमा परेका समुदाय तथा जातिहरूलाई अगाडि बढाऔँ भन्ने मान्यता हो मेरो ।

देशलाई टुक्राटुक्रा पार्नु मात्रै संघीयता हो भन्ने एकतर्फी बुझाइ र न्यायोचित हुने गरी पनि टुक्रयाउनु हँुदैन भन्ने अर्को पक्षको बीचबाट यो संघीयता आगाडि बढेको हो । टुक्राटुक्रा पर्ने हो भने बाइसे चौबिसे राज्य बन्न पनि सक्थे यसरी त राष्ट्र तहसनहस हुन्छ ।

माओवादीसँग छुट्टिएका तथा अन्य शक्तिहरूसँग तत्काल एकीकरणको सम्भावना कति को छ ?

गत स्थायी समिति बैठकले सबै शक्तिलाई एकठाउँमा ल्याउनुपर्ने आवश्यकता देखेर एकीकरणको लागि आह्वान गरेको छ । कहिलेकाहीँ नेपाली कम्युनिस्ट नेताहरूमा व्यक्तिगत महत्वाकांक्षा तथा इगोको कारणले नै फुट्दै आएका छन् । पछिल्लो चरणमा प्रचण्ड नेतृत्वमा पार्टी आइसकेपछि ०४८ मा जोड्ने काम भयो ।

शान्ति प्रक्रियामा आइसकेपछि आआफ्नो स्वार्थ तथा इगोका कारणले उहाँकै नेतृत्वमा युद्ध लडेका साथीहरू फुटेर गए । फेरि, केहि शक्ति जोडिएर माओवादी केन्द्र बनेको छ । अझै जोडिने क्रम छ बिस्तारै सबै आउँछन् भन्ने मेरो विश्वास छ ।

कांग्रेससँगको गठबन्धन तथा तालमेल कहिलेसम्म हुनेछ ?

अहिलेको संक्रमणकाललाई शान्ति प्रक्रियामा पु¥याउँदासम्म जनान्दोलनका शक्तिहरू कांग्रेस र माओवादीलगायतसँग जोडिने नै भयो । जबसम्म तालमेलको आवश्यकता महसुस हुन छोड्छ तबसम्म यो रहिरहन्छ ।

आवश्यकता र मागका आधारमा दलहरूसँग पनि सहकार्य हुन सक्छ । आगामी चुनावमा पनि तालमेल गर्न आवश्यक देखेमा तालमेल गरेरै जानुपर्छ ।

प्रतिक्रिया