‘प्रदेश २ मा पनि एमाले पहिलो नै हुन्छ‘

निर्वाचन आयोगले प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन २ असोजका लागि तय गरेको छ । यति बेला सबै पार्टीको ध्यान तेस्रो चरणमा हुने प्रदेश नम्बर दुईको स्थानीय तह निर्वानमा छ । आ–आफ्ना पार्टी बलियो बनाउन नेताहरू प्रदेशकेन्द्रीत भएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको एमाले तेस्रो चरणमा पनि पहिलो बन्ने विश्वासको साथ रणनीती बनाउँदैछ । यद्यपी एमालेलेलाई मधेश बिरोधी पार्टीको आरोपलगाउनेहरूको पनि कमी छैन । तेस्रो चरणको निर्वाचनको सन्दर्भमा एमालेका पोलिटब्यूरो सदस्य एव प्रदेशका सह–इन्चार्ज नागेन्द्र चौधरीसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

nagendra-foto

असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एमालेको तयारी के– के हुँदै छ ?

–नेकपा एमालेको पुरै शक्ति प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा लागेका छ । यति बेला पार्टी उम्मेदवारी चयन, जिम्मेवारी विभाजन गर्दै छौं । हाम्रो सबै ध्यान प्रदेशमा हुने निर्वाचनमा छ । पार्टीको स्थानीय भेला, कमिटी परिचालन गरी रहेका छौं । स्थानीय पार्टी कमिटी र प्रदेश अन्तर्गतका सम्पूर्ण नेतृत्व पंक्ती घर दैलो चुनाव परिचालन कमिटी गठन र परिचालन जस्ता कुरामा केन्द्रीत भएर लागेको छ ।

पछिल्ला केही समय यता एमालेलाई मधेस विरोधी पार्टी भनेर आरोपसमेत लाग्यो, प्रदेश दुई मधेश मा पर्छ, यस्तो अवस्थामा प्रदेश २ मा एमालेको परिणाम कस्तो आउँला भन्ने लाग्छ ?
–केहि मधेश केन्द्रीत दलले एमालेलाई मधेश बिरोधी भने पनि मधेशका आम जनताको लागि एमाले सबै जनताको पार्टी हो । यसमा कसैले शंका नगर्दा हुन्छ । एमाले न हिजो कुनै जाति, वर्ग, वा समूदायको विरुद्धमा थियो न रहन्छ । यो सुनियोजित रुपमा एमालेका बिरुद्ध प्रचार गरिएको आरोप हुन । मधेशका जनताले एमाले बुझेका छन् र त्यहि अनुसार फैसला गर्छन भन्नेमा एमाले ढुक्क छ । एमालेलाई जनताको मतले पहिलो हुन सकैले रोक्न सक्दैन ।

मधेशमा एमाले कमजोर छैन भन्न खोज्नु भएको हो ?
–मधेशमा मात्र होइन एमाले कहिँ पनि कमजोर छैन । एमालेका बिरुद्ध प्रचार गरे जस्तो २ नम्बर प्रदेशमा एमालेको अवस्था छैन । यहाँका जनताले एमालेप्रति आसा भरोस गरेका छन् । अन्य प्रदेशमा जस्तै २ नम्बरमा पनि एमालेलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन भन्ने कुरा यहाँका बुद्धिजिवी स्वतन्त्र नागरिक सबैको अनुमान छ । त्यो कुराको पुष्टि निर्वाचनको परिणामले देखाउनेछ ।

निर्वाचनमा मधेसवादी दल सहभागी हुन्छन ?
–खास गरी दोस्रो चरणको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरक र वियय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रीक दुवै पार्टी स्थानीय तह निर्वाचनमा सहभागी भएका हुन् । राजपाले वर्तमान सरकारलाई समर्थन गरेका कारण उ पनि सत्तारुढ दल नै हो । सत्तारुढ भएको कारण त्यहि सरकारले गराउँने निर्वाचनमा सहभागी हुने वा नहुने उनीहरुको कुरो हो । तर, एमालेको सबैलाई आग्रह छ निर्वाचनमा सहभागी हुनुहोस भन्ने । निर्वाचनमा सहभागी भएर जनताको मत लिने अवसरबाट नचुक्न हाम्रो सुझाव छ । त, निर्णय गर्ने उहाँहरु आफैँले हो । मलाई विश्वास छ उहाँहरु पनि निर्वाचनमा आउनु हुनेछ ।

संविधान संशोधन गरेर मात्र निर्वाचनमा जाने उनीहरुको बटम लाइन होइन र ?
–निर्वाचनमा जनताको मत लिएर संविधान सशोेधनमा जान सकिन्छ भन्ने एमालेको धारणा हो । निर्वाचनअघि संविधान संशाशेधन हुँदैन र मधेश केन्द्रीत दललाई एमालेको आह्वान के हो भने, निर्वाचनमा सहभागी भएर आफ्ना एजेण्डा जनताकाबीचमा लैजानुस, जनताले तपाइहरुको एजेण्डालाई कसरी मुल्याङ्कन गर्छन । त्यसैको आधारमा संविधान संशोधन गर्न सकिन्छ । तर, निर्वाचनलाई अवरोध गर्ने प्रकारका कुनै पनि गतिविधी न गर्नका लागि उहाँहरुप्रति आग्रह गरेका छौं । अन्तिम समयसम्म उहाँहरु निर्वाचनमा आउने कुरामा हामी आसावादी छौं ।

तपाईले भने जस्तै सबै मधेस केन्द्रीत दल निर्वाचनमा सहभागी हुने सम्भावना छ ?
–सम्भावना सबै तिर छ । निर्वाचनमा गएर जनमत लिने कुरामा पक्कै उहाँहरु सकारात्मक हुनुहुनेछ । त्यो उहाँहरुको हितमा पनि छ । खास गरी दोस्रा चरणको निर्वाचनमा धेरै स्थानमा उहाँहरुका उम्मेदावार कुनै न कुनै नाममा निर्वाचनमा सहभागी हुनु भयो । धेरै स्थानमा परिणाम पनि उहाँहरुको पक्षमा आएका छन् । यसले निर्वाचनमा जानु पर्ने रहेछ भन्ने कुरामा उहाँहरुलाई लागेको हुनु पर्छ ।

प्रदेश नम्बर २ मा पटक–पटक निर्वाच सारियो दशैंको मुखमा निर्वाचन हुँदै छ, असोज २ नसर्ला भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
–एमालेले स्थानीय तहको निर्वाचन एउटै चरणमा गर्नुपर्छ भन्ने माग गरेको थियो । तर, जेठ ३१ को निर्वाचनलाई असार ९ गतेमा पु¥याइयो । त्यो निर्णय सरकारको गैर जिम्मेवार र विना योजना तोकिएको निर्णय थियो । यो कुरालाई उसैको निर्णयले देखायो । सरकारले यस्ता ठूला र महत्वपूर्ण निणर्य गर्दा क्यालेन्डर हेर्नु पर्ने थियो । क्यालेन्डर समेत हेर्दै नहेरी निर्वाचनको मिति तय गर्नु भनेको गैर जिम्मेवारपनको पराकाष्ठ हो । ५ प्रतिशत मुश्लिमहरुको महान पर्व इदुल फित्रको समयमा निर्वाचन तय गरेर आलोचनाको सिकार बन्यो सरकार । यसले सरकार जिम्मेवार र गम्बीर छैन भन्ने देखायो । प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचन पनि नेपालीहरुको ठूलो पर्व दशैको मुखमा तय भएको छ । साय त्यति बेला पनि उसलाई दशैँ कहिले पर्छ थाहा थिएन । मैले यो कुरा सरकारको जिम्मेवारीपन र सम्वेदनशिलताका कारण उठाएको हुँ ।

त्यसो भयो तेस्रो चरणको निर्वाचन पनि सर्न सक्छ भन्न खोज्नु भएको हो ?
–आसोज १ मा विश्वकर्म पुजा पर्छ । ३ गते संविधान दिवश, ५ गते घटश्थापना छ । त्यहि दिनदेखि दशैको सुरुवात हुन्छ । पहिलो र दोस्रो चरणमा भएको निर्वाचनको मतगणना हेर्दा तेस्रो चरणको मतगणना दशैको बीचमा पर्ने निश्ति छ । सरकारले पहिलो चरण र दोस्रो चरणको मतगणना एक हप्ता भित्र सकाउने भनेको थियो । तर, त्यो देखिएन लामो समय लाग्यो । अब तेस्रो चरणको निर्वाचन दर्शैको मुखमा छ । निर्वाचन त होला तर, पलिो र दोस्रोलाई हेरेर भन्ने हो भने । पुरै दशै मतगणनामा वित्ने देखिन्छ । यसले सरकार हाँस्यको पात्र बनेको छ । यसले कुराको सिद्ध सरकारले निर्वाचनको मिति तोक्दा नेपाली क्यालेन्डरसम्म हेनु पर्छ भन्ने सामान्य कुराको ध्यान नदिनाले गर्छ । यति ठूलो र महत्वपूर्ण निर्णय हचुवाको भरमा गर्नु हुँदैन थियो ।

तपाँइको भनाइले फरि असोज २ को समय सर्ने संकेत गर्छ हो ?
–त्यो सम्भावना र त्यस्तो कुराको कल्पना एमालेले गर्दा पनि गर्दैन । कुनै पनि हालतमा त्यस्तो नहोस भन्ने हाम्रो चाहना छ। । तर, सरकारले विगतमा हचुवाको भरमा मिति तोक्ने र सजिलै सार्ने गरेको हेर्दा आम जनातामा आशंका भने छ । र सरकारले सार्दैन भन्ने कुरामा ढुक्क हुन सक्ने अवस्था भने छैन । सरकारले कुनै पनि बिषयमा परिपक्क भएर दुरदर्शि निर्णय गरेको देखिएको छैन ।

एमालेले भने उम्मेदवारको टुंगो कहिलेसम्म लगाउँछ ?
–प्रदेश नम्बर २ रहेमा महानगरपालिका, उपमहानगर, नगरपालिका र गाउँपालिका गरेर १ सय २७ स्थान छन् । हामीले वडा अध्यक्ष र सदस्यहरुको टुंगो लागाई सकेका छौं । कहिँ कहिँ पुनरावलोकन गर्नु पर्ने ठाउँमा पनि गरिदै छ । समय क्रममा पहिला निर्धारण गरेको उम्मेदवारको बारेमा पुनरावलोकन गर्ने सुझाव आएका छन् भने कतै सम्भावित उम्मेदवार आफैले अरुलाई अघि सार्दै अनिइच्छा जाहेर गर्दे छन् । ती सबै स्थानका लागि उम्मेदवारको बारेमा करीब करीब आन्तिरीक रुपमा टुंगो लागि सकेको छ । त्यो निर्णय स्थानीय पार्टी कमिटी र स्थानीय नेताहरुको सुझाव पार्टी र कार्यक्रर्ताको चाहना अनुसार भएको छ । अब एमालेले

उम्मेद्वारको आघिकारीक घोषणा गर्न मात्र बाँकी छ , पहिलो र दोस्रो चरणको निर्वाचनमा कयौं स्थानमा एमाले एकातिर सत्ता गठबन्धन अर्को तिर देखियो । तेस्रो चरणमा एमाले विरुद्ध गठबन्धन होला की नहोला ?
–पहिलो चरणको निर्वाचन भएका तीनवटा प्रदेशको परिणामले सत्ता गठबन्धन अतालिएकै हुन । उनीहरुलाई लागेको थियो एमाले पहिलो हुँदैन । एमालेले कमजोर हुन्छ भन्ने उनीहरुको अड्कल थियो । त्यहि अडकलाको आधारमा पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गरिएको हो । तर, एमालेका विरुद्ध गरिएको मोर्चाबन्दीलाई नेपाली जनताले विफल पारी दिए र एमालेलाई पहिलो पार्टी बनाई दिए । दोस्रो चरणको निर्वाचन भएका १, ५ र ७ नम्बर प्रदेशमा पनि एमालेलाई जनताले पहिलो पार्टी बनाइ दिए । अझ ७ नम्बर प्रदेशमा त एमाले पत्ता साफ हुन्छ भन्ने हौवा फिजाइएको थियो । कारण ७ नम्बर प्रदेश प्रधानमन्त्रीको गृह जिल्ला पर्छ । ७ नम्बरमा एमालेले एक सिटले भए पनि अगाडी भएको छ । सत्ताको आडामा सबै एकातिर हुँदा एमालेलाई दास्रो बनाउन सकेन । यसले तस्रो चरणमा एमालेको बिरुद्ध मोर्चाबन्दी नहोला भन्न सकिँदैन । एमालेलेलाई कमजोर पार्न गठबन्धन हुने संकेत पहिलो र दोस्रो चरणको निर्वाचनले दिएको छ ।

तेस्राे चरणको निर्वाचनमा एमालेले पनि कसैसँग गठबन्धन गरेर जाने तयारी गरेको छ ?
–एमाले आवश्यकता र स्थानीय मागको आधामरा जो कोहिसँग तालमेल गरेर निर्वाचनमा जान तयार छ । हामीले गठबन्धनका सबै ढोका खुल्ला राखेका छौं । तर, कोहिसँग गठबन्धन नभए पनि एमाले एक्लै पनि पहिलो पार्टी हुने छ । जसरी पहिलो र दोस्रो चरणमा नेपाली जनताले एमालेलाई पहिला बनाए त्यसै गरी दोस्रोमा पनि बनाउने छन् ।

त्यसो भए तपाइहरुको को–कोसँग गठबन्धन हुने सम्भावना छ ?
–एमाले आवश्कता हेरोर समन्वय गरेर निर्वाचनमा जान्छ । राप्रपा नेपाल, राजपा नेपाल, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिक, माओवादी केन्द्र, नेपाली कांग्रस जो कोहिसँग एककता गरेर एमाले निर्वाचनमा जान सक्छ र तयार छ । हाम्रो कसैसँग सत्रुतापूर्ण व्यवहार छैन सबैसँग समान व्यवहार गछौं । एमालेसँग गठबन्धन गरेर जान चाहने जो काहिसँग एमाले मिलेर निर्वाचनमा जान तयार छ । सबैलाई सम्मनका साथ लैजाने छौं ।
केहि समय पहिला बिरगन्ज महानगरपालिकाका मेयरको उम्मेदवारको बिषयलाई लिएर केहि स्थानीय नेताले एमालेनै छोडे । त्यसले एमालेलेलाई पर्साको निर्वाचनमा असर पार्दैन ?
–एमालेले अहिलेसम्म उम्मेदवारको औपचारीक घोषणा गरेको छैन । निर्वाचन हुन र उम्मेदवारको अन्तिम टुंगो लागन बाँकी नै छ । यस्तो बेला उम्मेदवारीका कारण कसैले एमाले छोड्यो भन्ने आधार रहदैन । पार्टीले उम्मेदवारको घोषण नगर्दै केहि स्थानीय जिम्मेवार साथीहरुले एमाले छोडेर जान भएको छ । कि जानु भयो त्यो उहाँहरुको कुरा हो । छोडेर जाने मध्ये सम्भावीत उम्मेदवाहरुले जाने अघिल्लो दिनसम्म एमाले प्रति कुनै गुनासो गर्नु भएन । बिना गुनासो आफ्नो कुरा पार्टीमा नराखी जानु भएको छ । तर, उहाँहरु पुनः एमालेमा फर्कने हो भने एमालेले ढोका बन्द गरेको छैन । उहाँहरुको एमालेले स्वागत गर्छ । अर्को कुरा के हो भने यहाँ एमाले छोडने मात्र छैनन अन्य पार्टी छाडेर एमाले प्रवेश गर्नेहरु पनि उत्तिकै छन । हरेक दिन जसो कुनै न कुनै पार्टीबाट एमाले प्रवेश गर्नेहरुको संख्या संयौं छ ।
दोस्रो चरणको निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको कारण धेरैठाउँ हारेको कुरो आयो । यसलाई स्वयं पार्टी अध्यक्ष केपी ओलीले स्वीकार गर्नु भएको छ । तेस्रो चरणमा अन्तरघात रोक्न एमालेले के गर्दे छ ?
–पहिलो र दोस्रो चरणको निर्वाचनको समिक्षा पार्टीले निर्देशन गरे बमोजिम १५ –२० दिन भित्र रिपोर्ट पठानु भने बमोजिक तलबाट केन्द्रमा रिपोर्ट आएको छ । तर, केन्दले यसबारेमा समिक्षा गरेको छैन तीनवटै तहको निर्वाचन सकिए पछि एकै पटक समिक्षा गर्ने भनिएको छ । प्रदेश नम्बर २ को निर्वाचन सकिए पछि एकै पटक समिक्षा हुने छ । तर, पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा कहिँ कतै कमजोरी भएका छन । टिकट दिनु पर्ने व्यत्तिलाई नदिएर कमजोर व्यत्तिलाई दिइयो, कहिँ स्थानीय र केन्द्रीय साथीहरुको आग्रह वा पूवाग्रहको आधारमा पनि टिकट दिने काम भयो भन्ने कुरा आएको छ ।

यसले जुन सक्रियता हुन पर्ने थियो भएन भन्ने गुनासोहरु आए । आन्तरिक कम्जोरीका कारण ५–७ मतले पनि कयौँ स्थानमा उम्मेदवार हारेका छन् । गएका दिनमा भएका जस्ता कमजोरी प्रदेश नम्बर दुइमा हुनु हुँदैन भन्ने कुरामा सबै सचेत छाैँ । त्यसैले उम्मेदवारी चयन, निर्वाचनको तयारी, आन्तरिक व्यवस्थापन, प्रचारप्रसारको लागि पार्टी सचेत छ अब एमालेमा घात अन्तरघात केहि हुँदैन । सबै नेता, स्थानीय पार्टी, एक मत भएर लाग्ने र एमालेलाई पहिलो बनाउने कुरामा शंका छैन ।

प्रतिक्रिया