छोरा नपाएपछि वृद्धाश्रममा

सुभानु आचार्य

1 pageकाठमाडौं । ‘मैले छोरा पाइनँ । छोरा नपाएपछि पतिले सौता ल्याए । पति र सौता मिलेर मलाई घरबाट निकाले’ चरिकोट जिल्ला मैनापोखरी घर भएकी ८५ वर्षीया मुना न्यौपानेले भनिन् ‘लगातार दुई जना छोरी जन्मिएपछि पतिले सौता ल्याए । छोरीको विवाह नगरुन्जेल त खेतीबारी, गाईभँैसी र बाख्रा पालेर जीवन निर्वाह गरेँ । जब छोरीहरूको विवाह भयो अनि मलाई घरमा बस्नै दिएनन् ।

घरबाट निकालेपछि छोरीहरूको साथ लागेर काठमाडौं आएँ । केही समय छोरीकोमा बसेर निर्वाह गरेँ । तर, सधैँ छोरीकोमा बस्न मनले मानेन । छोरीलाई अब म घर जान्छु भनेँ । ज्वाइँले वृद्धाश्रमको बारेमा बताए । ज्वाइँले पख्नुहोस् म भोलि सबै कुराको बारेमा बुझेर आउँछु अनि मात्र घर जानुहोला भनेपछि म रोकिएँ । आखिर मेरो जाने ठाउँ नै कहाँ थियो र ?

‘निवेदनका लागि ज्वाइँलाई लिएर गाउँ जाँदा कतिले यसको यत्रो सम्पत्ति छ, किन वृद्धाश्रममा बस्नु प¥योसमेत भने । कसैलाई त मैले सौता र बुढाबाट दुःख दिएको त थाहा थियो । गाउँबाट सिफारिस ल्याई आश्रममा पेस गरेपछि विगत १६ वर्षदेखि म वृद्धाश्रममा छु, मैनाले भनिन् । आश्रममा मैनाले सानोतिनो व्यवसाय नै चलाएकी छन् । उनी दिनभर बत्ती कातेर बस्छिन् । १ हजार बत्तीको ७० रुपैयाँमा बेच्छिन् । ‘खानलाउन आश्रमभित्रै पाइन्छ, मैले कमाएको सबै वचत छ,’ उनले भनिन् ।

पुरानो बानेश्वरकी लक्ष्मीदेबी थापाको पुरै परिवार ९० सालको भुँइचालोले लग्यो । उनी मात्र बाँचिन् । बुबाको सम्पत्ति त प्रसस्तै थियो तर लक्ष्मीले त्यसलाई आफ्नो हो भनी प्रमाणित गराउन सकिनन् । उमेरमा उनले विवाह पनि गरिनन् । भुँइचालोमा आमाबाबु बितेपछि उनले मारवाडी,  बज्राचार्य, तथा राणाठकुरीहरूको घरमा भाँडा माझ्ने, लुगा धुने, भारी बोक्ने, तरकारी  तथा दूध घरघरमा पु¥याउने गर्दै जीवन धानेको लक्ष्मीले बताइन् ।

समाजमा धेरैले पत्नी कुट्ने, सौता ल्याउने गरेको उदाहरण मैले धेरै देखेँ । जवानी छँदा धेरै केटाले उनलाई बाटो छेक्ने, लामो कपाल भएकाले कपाल तान्ने गरेकाले केटाको व्यवहार ठीक नहुने रहेछ भन्ने लाग्यो, उनले भनिन्, ‘खै किनकिन त्यसपछि मलाई विवाह गर्नै मन लागेन । मैले सबैखाले सीप सिकेकी छु । मलाई सिलाइबुनाई सब आउँछ ।’ ठुलोबुबासँग बाको केही सम्पत्ति लिने कोशिस गरेको भए पनि उनले सकिनन् । ठुलो बुबाको गाली सुनेपछि उनले बुवाको सम्पत्ती सधैंका लागि त्यागिदिइन । विवाह नगरेकोमा उनलाई कुनै पछुतो छैन ।

‘म अविवाहित भए पनि मेरा ३ सयबढी छोराछोरी छन् । कसैको विवाह, भोज, जन्मदिन, आमाबाबुको तिथि मनाउन आउँदा सबैले आमा भनेर बोलाउँछन् । बेलाबेलामा भेट्न आउँछन् । मलाई कहिलै पनि खानेकुरा, लगाउने कुराको अभाव हुँदैन । म मैले लगाएर बढी भएको जति सब सामान यहाँ भित्र बस्ने अरू साथीलाई पनि बाँड्ने गर्छु, उनले भनिन् ।  त्यस्तै नुवाकोट घर भएका एक ८४ वर्षीय वृद्धले पनि आफ्ना छोरा नभएकाले आपूm वृद्धाश्रम बसेको बताए । पत्नी हुन्जेल गाउँमा एउटा गाई पालेर बसेका उनी ०५६ सालमा पत्नीको निधनपछि केही समय छोरीकोमा बसेर छोरीहरूकै सल्लाहमा वृद्धाश्रम बस्न थालेका हुन् ।

प्रतिक्रिया