नेपाल स्टोर्म नकआउट चरणमा

main newsकाठमाडौं १४ असार । लगातार चार खेल जित्दै नेपाल स्टोर्म एसियन क्लब प्रिमियर लिग (एसीपिएल)को सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो खेलमा अफगानिस्तान बुल्सलाई डिएल मेथडमा ६३ रनले स्तब्ध बनाउँदै नेपाल स्ट्रोमले अन्तिम चारको यात्रा तय ग¥यो । नेपाल स्ट्रोमले एक खेल अगावै अन्तिम चारमा स्थान बनाउँदा एक पटक फेरि उसको ब्याटिङ उत्कृष्ट रह्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू)को क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तान बुल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रनको योगफल तयार पा¥यो । बुल्सका लागि गौरवले ३४ रन र मनहेराले ३० रन जोडे । राना नावीदले १६ रन जोडे । नेपाल स्टोर्मका मलविन्दरले २ विकेट लिए । अम्जाद र आशिषले एक एक विकेट बाँडे ।
जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल स्ट्रोमले ७.४ ओभरमा बिना विकेट ९३ रन बनाउँदा वर्षाले खेल रोकियो । त्यसपछि लगातार वर्षापछि आक्रमक ब्याटिङ गरेको स्ट्रोमले ६३ रनको जित निकाल्यो । स्टोर्मका लागि पवनले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रन बनाए । बराबादेले २१ रन बटुले । नेपाल स्टोर्म लगातार ४ खेलजितेपछि सेमीफाइनल पुग्ने पहिलो टोली बन्यो । सबै ५ खेल खेलिसकेको अफगानिस्तानको यो तेस्रो हार हो । राउन्ड रोविनको खेलपछि २ खेल मात्र जितेको अफगानिस्तानको ४ अंक छ । र,नकआउटमा पुग्न अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ ।
मंगलबारै भएको पहिलो खेलमा बंगलादेश टाइगर्सले इन्डियन स्टार्सलाई ८ रनले हराउँदै नकआउट नजिक पुगेको छ । पहिले ब्याटिङ गरेको बंगलादेश टाइगर्सले ५ विकेटको क्षतिमा १ सय ४० रनको लक्ष्य प्रस्तुत ग¥यो । जवाफी लक्ष्य पछ्याएको इन्डियन स्टार्सले निर्धारित २० ओभर नै खेल्दै ७ विकेटको क्षतिमा १ सय ३१ रनमात्र बनाएपछि बंगलादेश टाइगर्सले तेस्रो जित निकाल्यो । लगातार चौथो हारसँगै इन्डियन स्टार्सको नकआउट पुग्ने सम्भावना समाप्त भएको छ । टीयू मैदानमा पहिले ब्याटिङ गरेको टाइगर्सका लागि क्वाइजी अहमदले अविजित सर्वाधिक ४८ बनाए । सन्जोग बिनकारले ३९ रन बनाए । मोहमद करिमले ३१ रन जोडे । इन्डियन स्टार्सका कुलदीप सिंहले सुरुआती दुई विकेट लिदैँ बंगलादेशलाई झड्का दिए । करनवालले २ विकेट लिए ।
जवाफमा इन्डियन स्टार्सले पूरै २० ओभर खेलेर ७ विकेट गुमाउँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि सिमरत बाबाले सर्वाधिक ३९ रन बनाए । गुरमित सिंहले ३२ तथा कप्तान स्वप्निल पाटिलले २१ रन बनाए पनि जितका लागि पर्याप्त रहेन । बलिङमा बंगलादेश टाइगर्सका मोहमद खान र एम इब्राहिमले २–२ विकेट लिए । क्वाइजीले एक विकेट लिए । लिगमा समान चार खेलबाट नेपाल स्टोर्मको अपराजित रहँदै ८ अंक, बंगलादेश टाइगर्सको ६ अंक र श्रीलंकन लायन्सको ४ अंक रहेको छ । पाँच खेल खेलेको अफगानिस्तान बुल्सको ४ अंक रहेको छ । लिग सकिदा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया