लक्ष्मी बैंकको १६औँ साधारणसभा सम्पन्न

laxmi bank

काठमाडौं १४ असार । लक्ष्मी बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आव ०७२÷७३ को बैंकको वित्तीय विवरण स्वीकृत गरेको जनाइएको छ । साधारणसभाले आव ०७२÷७३ सम्मको संचित मुनाफाबाट ०७३ असार मसान्तमा कायम सेयर पुँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस सेयर हाल कायम पुँजीको १८ दशमलव २९ प्रतिशत हुन आउने बैंकले जनाएको छ ।
दियालो विकास बैंकबाट कायम भई आएका सेयरधनीहरू, शतप्रतिशत हकप्रद सेयरको बाँडफाँडबाट कायम सेयरधनीहरू तथा अवितरित हकप्रद सेयरको लिलामीबाट कायम सेयरधनीहरूसमेत उक्त बोनस सेयर पाउन योग्य हुने साधारणसभाको निर्णय रहेको बताइएको छ । सभाले बैंकको चुक्ता पुँजीमा संस्थापक सेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वकरण जैन तथा श्रीमती स्वाती रुंङटा सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया