इरान ६ असार । गतसाता भएको आतंकवादी आक्रमणको बदलाका लागि भन्दै इरानले सिरियाली सहर देरेज्जोरमा क्षेप्यास्त्र आक्रमण गरेको छ । इरानको सरकारी फौज रिभ्योलुसनरी गार्ड्सले आइतबार पश्चिमी इरानबाट क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ । इरानी फौजले सिरिया र इराकामा इस्लामिक स्टेटसँग लडाइँ जारी राखे पनि क्षेप्यास्त्र आक्रमण भने पहिलो भएको जनाइएको छ । सो आक्रमणबाट कति मारिए भन्ने स्पष्ट हुन सकेको छैन । गतसाता इरानी संसद् र आयातोल्ला खामेनीको समाधिमा भएको आतंकवादी आक्रमणमा १८ व्यक्तिको मृत्यु भएको थियो ।
प्रतिक्रिया